काठमाडौँ । मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
सो आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको छ। दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुर्याएको थियो । २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पु(याएपछि गत वर्ष पानी बन्द गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको जानकारी दिए।
उनले भने, “आयोजनाको गेट नम्बर १ र ९ मा केही सुधारका काम भएका छन्। ती गेटलाई बन्द गर्न सकिने तथा धमिलो पानी सफा गर्न सकिने प्रणाली पनि जडान गरिएको छ। त्यसै गरी बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिन्छ। विगतमा आठरदस जनाले चेन तानेर ढोका बन्द गर्ने तथा खोल्नुपर्ने अवस्था थियो।”
त्यसैले यसपालि खोलामा सामान्य पानी बढ्दैमा पानीको वितरण नै रोक्न पर्ने अवस्था आउन नसक्ने उनको भनाइ छ। पन्तले अगाडि भने, “खोलामा बहाव मात्र बढेको छ । ढुङ्गा र बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ। विगतमा भन्दा अहिले चनाखो भइएको छ। त्यत्रो मात्रामा बाढीपहिरो जान्छ भनेर दुई वर्षअधि कसैले अनुमान नै गरेको थिएन।’’
आयोजनाका इन्जिनियर पद्मबहादुर कुँवरले मुहान तथा हेडवक्र्समा विगतको तुलनामा यस वर्ष सुरक्षाका थप उपाय अपनाइएको हुनाले खोलामा सामान्य पानी बढेकै आधारमा पानीको वितरण नरोकिए पनि नियमित रूपमा खोलाको पानी बढ्नुका साथै मूल फुट्न थालेपछि आयोजनालाई बन्द गर्नुको विकल्प नहुने उनले स्पष्ट पारे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: