काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।
नेपालले देव्रेहाते स्पिनर ललित राजवंशीलाई बाहिर राखेर तीन मध्यम गतिका बलरहरुलाई खेलाउने निर्णय गरेको छ । रोहित पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।
ललितसँगै ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, किशोर महतो र प्रतिस जिसी बेन्चमा रहेका छन् । नेपालले पहिलो पटक टेस्ट खेल्ने राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको हो । विश्वकप लिग २ मा तेस्रो स्थानमा रहि नेपाल विश्वकप छनोटक्रममा पुगेको थियो । सोक्रममा नेपालले १२ मध्येको ११ खेल जितेको थियो ।
क्रेग इर्भिनको कप्तानीमा रहने जिम्बाब्वेका टोलीमा जोयलोर्ड, गुम्बी, वेलिङटन मासाकाद्जा, टेन्डेइ चतारा, सिन विलियम्स, सिकन्दर राजा, रायन बर्ल, वेस्ली माधेभेरे, ब्लेसिङ, मुजाराबानी र रिचर्ड नगराभा प्लेयिङ ११ मा खेल्दै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:०६
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १७:०२
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...
मंसिर २६ गते, २०८२ - १६:३६
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...
मंसिर २६ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...




प्रतिकृया लेख्नुहोस्: