काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्था बदलिएपनि अवस्था पुरानै पुरानै मानसिकताबाट चलेको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राजनीतिक रुपमा व्यवस्था बदलिएपनि अवस्था र शासन गर्ने शैली पुरानै रहेको र प्रतिगमनकारी शक्तिहरु प्राप्त उपलब्धिलाई अगाडि बढाउन नदिन लागिरहेको बताएका हुन् ।
उनले मोर्चा निर्माणको उद्देश्यबारे जानकारी दिँदै चारवटा पार्टीका भिन्नाभिन्नै धारणा र सिद्धान्त हुँदाहुँदै पनि राष्ट्रको हित र परिवर्तनका लागि साझा मुद्दाहरूमा सहमत भएर अवधारणा पत्र बनाई त्यसमा सहमत भएर समाजवादी मोर्चा गठन भएको बताए ।
उनले विगतमा जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोहलगायतका विभिन्न आन्दोलनको परिणामअनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन हुन पुगेपनि जनताले त्यो परिवर्तनको अनुभूति गर्न नपाएकाे बताए ।
शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै मानसिकताबाट चलेकाे र लोकतन्त्रको संस्थागत, संघीयता, गणतन्त्र मौलिक हक जस्ता अधिकार प्राप्त भएपनि प्रतिगमनकारी शक्तिबाट धरापमा पार्ने, समाप्त पार्ने र पुरानै व्यवस्थामा फर्कने प्रयासलाई असफल पार्दै उपलब्धिलाई रक्षा गर्न थप उपलब्धि हासिल गर्न मोर्चा अग्रसर हुने उनले बताए । त्यसका लागि मोर्चाले संसद् र सडक संघर्ष गर्ने समेत बताए ।
अध्यक्ष यादवले नागरिकता समस्यामा प्रतिगामी शक्तिहरूले चलखेल गरिरहेको भन्दै आगामी दिनमा संघर्ष गर्नुपर्ने अवस्था समेत आउन सक्ने बताए । राजनीतिक अस्थिरताको अन्त्य गरी सुशानको बाटो हुँदै विभेद र असमानताको अन्त्य गर्दै समानतामा आधारित समाजवादको आधार तयार गर्न मोर्चा गठन भएको यादवको दावी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...




प्रतिकृया लेख्नुहोस्: