Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन सार्वजनिक भएपछि उत्साहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

खबरडबली संवाददाता

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीतिगत व्यवस्था माग गर्दै नगरपालिकाका जनप्रतिनिधि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन सार्वजनिक गरेपछि नगरपालिकाले त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी थालेको छ ।

सार्वजनिक मार्गदर्शनमा बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगकालसम्बन्धी स्पष्ट मापदण्ड तोकिएका छन् । साथै, बाँसको प्रयोगबाट भूकम्पप्रतिरोधी, वातावरणमैत्री र लागत किफायती भौतिक संरचना निर्माण गर्न सकिने सरल डिजाइन विधि तथा विभिन्न प्रकारका घरहरूको नमुना डिजाइनसमेत समावेश गरिएको छ ।

बाँस तथा बाँसजन्य सामग्री प्रवर्द्धनका लागि नीतिगत पहल गर्दै आएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले मार्गदर्शन सार्वजनिक हुनु नगरका लागि ठूलो उपलब्धि भएको बताए ।
“हामीले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँससम्बन्धी उद्योग प्रवर्द्धन गर्दै आएका छौँ,” उनले भने, “सङ्घीय सरकारले नै प्राथमिकतासहित मार्गदर्शन जारी गरेकाले अब यसलाई छिटो कार्यान्वयनमा लैजान आवश्यक छ ।”

नगरप्रमुख भट्टराईले बाँस प्रवर्द्धन तथा नीति निर्माणको माग गर्दै गत साउन १४ गते काठमाडौँको माइतीघरमण्डलामा सत्याग्रहसमेत बसेका थिए । उनी सत्याग्रह बसेको करिब चार महिनापछि बाँस संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको हो ।

नगर उपप्रमुख विशन राईले मार्गदर्शन सार्वजनिक हुनु देशभर बाँस उद्योग स्थापना, वातावरणमैत्री भवन निर्माण र स्थानीय उत्पादन प्रवर्द्धनका लागि ऐतिहासिक कदम भएको प्रतिक्रिया दिए ।
“यस निर्णयले खेर गइरहेका बाँसको उपयोग गर्दै स्थानीयस्तरमा उद्योग स्थापना र युवाका लागि रोजगारी सिर्जना गर्ने बाटो खुलेको छ,” उनले भने, “हाम्रो नगरपालिकामा १३ प्रकारका बाँस पाइन्छन् । अब सम्बन्धित निकायहरूसँग सहकार्य गरेर बाँस प्रवर्द्धनको काम अघि बढाउँछौँ ।”

मार्गदर्शन सार्वजनिक गर्दै मन्त्री घिसिङले बाँसलाई रैथाने नेपाली निर्माण सामग्रीको रूपमा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताए । बाँसको प्रयोगले स्थानीय रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र मजबुत र आयातित निर्माण सामग्रीमा निर्भरता घटाउँदै व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

यसअघि नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गतेदेखि तीन दिने प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना गरेको थियो । सम्मेलनले ३५ बुँदे ‘खोटाङ घोषणापत्र’ जारी गर्दै दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउने तथा प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा उल्लेख गर्दै यसले दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्र प्रवर्द्धन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरिएको छ । सम्मेलन अवधिमा बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास र बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताले प्रस्तुत गरेका २३ कार्यपत्रको निष्कर्षका आधारमा घोषणापत्र जारी गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending