Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

गर्मी छल्न नरपानीमा पर्यटकको भिड

खबरडबली संवाददाता

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन् ।   

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोजस्थलको रुपमा विकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । सन्धिखर्क–६ नरपानीका पूर्ववडाध्यक्ष कृष्णबहादुर आचार्य कोरोना महामारीका कारण केही समय आवत जावत बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बताउछन्। 

“यहाँ दिनहुँ गर्मी छल्न आउने क्रम बढ्दो छ”, उनले भने– “दैनिकरुपमा ३० देखि ७० वटा समूहको यहाँ आवत जावत रहन्छ ।” शनिबार भने तेब्बर बढी पर्यटक नरपानी पुग्ने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा आउन सकिन्छ । गोरुसिङ्गे सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् । 

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज खाने गर्दछन् । यहाँ वरिपरि हरियाली छ । बीचमा समथर भूभाग छ । भविष्यमा यस क्षेत्रले थप फड्को मार्ने अध्यक्ष आचार्यको विश्वास छ । 

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ । 

दैनिक झण्डै तीन हजार व्यक्तिले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । मासिकरुपमा लाखौँ भेटी उठने गर्छ । सन्धिखर्क–७ खाँचीकोटस्थित सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट दुई विद्यालय सञ्चालनका साथै विकास निर्माणका काम भइरहेका छन् । 
  
मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क–७ स्थित आदर्श माध्यमिक विद्यालय खाँचीकोट, शीतगङ्गा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ । मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा रु ७० हजार, शीतगङ्गा–२ को शान्ति आधारभूत विद्यालयमा  रु ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा रु २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा रु ११ हजार छ सय खर्च हुने गरेको सुपादेउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।  

भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उहाँले जानकारी दिनुभयो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार/चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरको भेटीबाट निजी स्रोतका शिक्षक राखेर विद्यालयको पठनपाठनमा सहयोग पुगेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए । 

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट पर्याप्त आम्दानी लिन सकिन्छ । सुपाको पूर्व रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्नसके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने थापाले बताउनुभयो । सुपा देउराली  पर्यटकीय गन्तव्य बनिसकेको छ  ।  सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy