Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न

खबरडबली संवाददाता
काठमाडौँ । नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा शनिबार ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो । 
 
पुर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, कलाकार, साहित्यकार गरी २७ जनालाई सम्मान प्रदान गरिएको थियो ।

पुर्वमन्त्री तामाङले कलाकारहरुको पेशालाई अझ हौसला बढाउन आयोजना गरेको अवार्ड कार्यक्रम प्रशंसानीय रहेको र आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए । त्यसैगरी वरिष्ठ कलाकार लय संग्रौलाले सबै कलाकारहरुको प्रतिनिधित्व गरी आफुले म्युजिक अवार्डलाई थप आगामी संस्करण भव्य पार्न शुभकामना दिए ।  
 
त्यसैगरी युवा नेता अबिरल जिम्बाले फरक प्रसंगमा नेताहरुलाई पनि अवार्ड प्रदान गर्न व्यंग्यात्मक ढंगले आयोजकलाई आग्रह गरे । जिम्बाले नेताहरुलाई अवार्ड प्रदान गरे राम्रो काम गर्ने जांगर आउने र अवार्ड पाउनको लागि भनेपनी राम्रो काम गर्ने बताए । युवा नेत्री संगीता तामाङले पुर्वदेखी पश्चिमसम्मका कलाकारहरु समेटिनुले अवार्ड कार्यक्रम निकै समाबेशी देखिएको बताइन ।

अवार्ड कार्यक्रका संयोजक एंव बिरिसु मिडिया प्रा.लिका निर्देशक सुस्मिता स्याङ्तानको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा झरना कला केन्द्रका कलाकारहरुले स्वागत डान्स राखेका थिए । अवार्ड कार्यक्रममा सहभागी नोमिनिजहरुको टप ५ भिडियो सार्वजानिक गरेपछी अवार्ड वितरण गरेका थिए । 
 
अवार्ड वितरणसँगै २७ जनालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो भने हलमा कुनै पनि सिट खाली थिएनन । कार्यक्रममा सभापती एंव बिरिसु मिडिया प्रा.लिका अध्यक्ष विवेक लोप्चनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुप्रती धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन भने टम्पशेर राइले सञ्चालन गरे ।
कोको भए सम्मानित ?
कार्यक्रममा साहित्यकारद्धय अमर बान्तु र शीतल कादम्बिनी गुरुङ्गलाई साहित्य सम्मान, पत्रकार एंव हास्य कलाकार एम जि तामाङ (माधव घले)लाई “बिरिसु सञ्चार तथा कला सम्मान -२०८०” ले सम्मानित गरीएकाे छ ।
संगीतकार आर बि सिङ्दान र गायक ताराबिर पाण्डेलाई “बिरिसु दशक प्रतिभा सम्मान”, तथा गायिका मन्जु थापा, अशोक धिताल, बासुरीबादक सम्पुर्ण लामा, गायक एंव संगीतकार आरबी लामा, गायक / सर्जक बैरागी मोक्तान, गायक उत्सव सुब्बा लामा, बिएफएक्स आर्टिस्ट अच्युत बजगाइ, समाजसेवी तथा निर्माता लिला डाँगी, निर्देशक निरेन श्रेष्ठ, कलाकार / निर्माता साबित्री बज्राचार्य, नायक / लेखक रितुराज पाखृन, निर्माता दिमेश श्रेष्ठ, गायक रमेश पाठक, भिडियो सम्पादक भुपेन्द्र अधिकारी, रंग सम्पादक रेनिश फागो, मोडल आरम्भ तामाङ र गायक बिक्रम लामालाई कला सम्मान प्रदान गरिएको थियो । 
 
त्यसैगरी गीता अधिकारीलाई रंग पत्रकारिता सम्मान, दावा लामा र धन बहादुर परियारलाई समाजसेवी सम्मान, वरिष्ठ गायक / संगीतकार भोजराज भट्टलाई “बिरिसु विशेष व्यक्तित्व सम्मान- २०८०”, सञ्चारकर्मी शरण हुमागाइलाई सर्वज्ञ सम्मान, दुई दशक लामो समयदेखी गायन एंव सञ्चारकर्ममा संग संगै योगदान दिदै आएका गायक एंव सञ्चारकर्मी राजकुमार रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको थियो । 
 
अवार्ड समारोहका जुरीहरु गायक एंव संगीतकार, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, विश्व किर्तिमानी लक्षु प्रकाश मल्ल, ध्वनी सम्पादक मनोज डंगोल, चलचित्र निर्देशक अमर ओली र वरिष्ठ गीतकार मिनसागर लामालाई जुरी प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी मिडिया पार्ट्नरका रुपमा काभ्रे प्रवाह साप्ताहिकका नवराज हुमागाईंलाइ पनि सम्मान गरिएको थियो ।
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु असफल बनाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक...

भक्तपुर दरबार : ऐतिहासिक र सांस्कृतिक धरोहर

भक्तपुर । भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहर...

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।  कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदे...

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ ।  शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वप...

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा ...

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद लड्डु बारेको विवाद के हो ?

काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी ...

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर...

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy