दाङ । दाङकाे शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको उजुरी परेपछि प्रहरीले आज वडा अध्यक्ष वलीलाई पक्राउ गरेको हो ।
वडा अध्यक्ष वलीलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । घटना सम्बन्धी अनुसन्धानका लागि प्रहरीले वडा अध्यक्ष वलीलाई पक्राउ गरेको र अहिले थप अनुसन्धान भैरहेको उनकाे भनाइ छ ।
वडा अध्यक्ष वलीले बिहीबार गाउँपालिकाको शिक्षा शाखामा प्रवेश गरी सरकारको शर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल च्यात्नुका साथै शिक्षा अधिकृतलाई हातपात गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले जानकारी दिए ।
प्रमुख प्रशासकिय अधिकृत खड्काका अनुसार वडा अध्यक्ष वली र शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा विवाद बढेपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल च्यातेका थिए । त्यसक्रममा आफूले भने अनुसार नभएको भन्दै हातपात गरेको खड्काले बताए । वली स्वतन्त्र रूपमा निर्वाचित वडा अध्यक्ष हुन् ।
गत फागुनमा पनि वडा अध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेको आरोप लागेको छ । ढुङ्गा जन्य पदार्थ उत्खनन् गर्ने विषयमा विवाद हुँदा वलीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई कार्यकक्षमै हान्न टेबल उठाएको आरोप लगोको हो ।
यद्यपी उक्त आरोप वडा अध्यक्ष वलीले अस्वीकार गर्दै खोलामा ढुङ्गाजन्य पदार्थको दोहोन रोक्नका लागि सजक गराउने काम मात्रै गरेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: