काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने आभास हुन थालेको बताएकी छन् ।
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को फायर साइड पावर संवादमा बोल्दै सञ्चारमन्त्री शर्माले अहिले नेपालमा सूचना प्रविधिको सोचाइमा परिवर्तन आएको बताएकी हुन् ।
‘सुरूमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ । सूचनाट प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’
उनले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्याउन सरकारले निरन्तर रुपमा काम गरिरहेको भन्दै त्यसका लागि आवश्यक नीति बनाउने काम भइरहेको बताइन् । सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुराना नीतिलाई समयानुकुल बनाउने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।
सूचना प्रविधिबाट हुन सक्ने दूरूप्रयोग रोक्न मन्त्रालय सचेत रहेको समेत उनको भनाइ । ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।’ उनले भनिन् । समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्यन गर्न कठिन भएको उनले बताइन्। उनले अगाडि भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ। यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’
सूचना प्रविधि सेवामा आईटी पढेकालाई आकर्षित गर्न काम गरिरहेको बताउँदै उनले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताइन्।
‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको पनि व्यवस्था गर्दैछौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: