काठमाडाैं । सफल महिला उद्यमी जाे तीनवटा नामले परिचित छन् । उनैका नाममा अहिले प्रचलित कानुन, ऐनको उल्लंघन गरेको भनी गृह मन्त्रालयमा उजुरी परेको छ ।
विद्यालय तहको शिक्षा सकिएसँगै ०६२ साल कात्तिक ८ गते शारदा निरौलाको नामबाट लिएको पहिलो नागरिकताको प्रयोग गरी बैंक खाता, टेलिफोन, विद्युत्, जागिरमा आवेदन, जमिन, घरलगायतको व्यवस्थापन भएकै थियो । फेरि उनैले ०७३ असार २६ गते सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट श्रद्धा निरौलाको नाममा अर्को नागरिकता लिइन् ।
अहिले पनि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा हेर्दा उनले नाम परिवर्तन गरी दुईवटा नागरिकता लिएको विवरण छरपष्ट देखिन्छ । शैक्षिक प्रमाणपत्र नेपालीमा लेखिने नाम शारदा निरौलाबाटै बनेका छन् । विद्यालयमा शिक्षकले र गाउँमा सबैले शारदा निरौला भनेरै चिन्छन् । तर, काठमाडाैँमा आफूलाई श्रद्धा निरौलाको नामबाट चिनाउन थालेको धेरै भइसकेको छ ।
गाउँतिरका र पुराना साथीभाइ, आफन्तले शारदाको नामबाट चिन्ने, नयाँ साथीभाइ र नयाँ सम्बन्धमा आउन चाहनेहरूले श्रद्धा भनेर चिन्ने उनलाई सामाजिक सञ्जालमा भने आस्था निरौलाको नामले चिन्नुपर्छ । यसबाट प्रष्ट हुन्छ कि उनी तीनवटा राम्रा नामकी धनी हुन् ।
सोलुबाट अध्ययनका लागि राजधानी आएकी उनी नामले मात्र होइन, राजधानीमै राम्रो खर्चिएर बनाइएको घर, गाउँमै पनि मातापिताका लागि राम्रो घर बनाइदिएको र तराईतिर घडेरीको समेत जोहो गरिसकेको सफल महिला उद्यमीका रूपमा चिनिन्छिन् ।
तीनवटा नामबाट चिनिन रुचाउने यी शारदा, श्रद्धा र आस्था निरौलाको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, नेचासल्यान गाविस वडा नम्बर १ हाे । हुनत उनले प्रचलित कानुन, ऐनको उल्लंघन गरेको भनी गृह मन्त्रालयमै पनि उजुरी परेको छ ।
गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयलाई आवश्यक छानबिन तथा कारबाहीका सम्बन्धमा भनी पत्र पनि पठाइसकेको छ ।
शाखा अधिकृत देवर्षि सापकोटाले हस्ताक्षर गरेको सो पत्रमा आवश्यक कारबाही गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।
पितृ सत्तात्मक समाजमा युवतीको विवाहसँगै थर परिवर्तन हुनुलाई सामान्य मानिन्छ । तर, बिहे गर्न ठिक्क परेकी युवतीले नामै फेरेर दुई वटा नागरिकताचाहिँ किन बनाउँछन् होला ? याे प्रश्नले अचम्मित बनाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: