ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध अख्तियारले मुद्दा चलाएको छ । मोलुङ गाउँपालिका वडा नं। २ स्थित काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको विषयमा अनुसन्धान हुँदा राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी(गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैंया हानी पु¥याउन बदनियतपूर्वक भुक्तानीसमेत गरेको देखिएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उक्त भ्रष्टाचार कसुरमा संलग्न भएको ठहर गर्दै अख्तियारले मोलुङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर माधव निरौला, असिस्टेन्ट सब–इन्जिनियर शिवप्रसाद अधिकारी, उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राई, वडाअध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हेमकुमारी तामाङ, तत्कालीन वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्रवल घिमिरे र योजना शाखा प्रमुख वोदन के.सी.लाई प्रतिवादी बनाई सजायको मागदाबी समेत गरेको छ ।
अख्तियारले आरोप पत्रमा प्रतिवादीलाई कैद र जरिवानासमेतको मागदाबी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: