बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र जिल्लाका स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन स्थानीय तहले मात्रै पूर्व तयारीसम्बन्धी योजना तर्जुमा गरी पठाएका छन् ।
“पालिकाको सेवा क्षेत्रभित्र विपद्को अवस्था, जनशक्ति परिचालन, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपद्का बेला आवश्यक पर्ने राहत तथा उद्धारको लागि उपकरण, जनशक्तिलगायत सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद् प्रतिकार्य योजना तयार गर्नुपर्ने छ”, प्रजिअ पन्थीले भने । यहाँका तीन पालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाए पनि ढाँचाअनुसार नभएकाले दोस्रो पटक तयार गर्न भनिएको उनले बताए ।
“जिल्लाका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाएका छन् । पूर्ण विवरण सहितको योजना नआएकाले पुन:पठाउन आग्रह गरिएको छ”, पन्थीले भने । सबै स्थानीय तहले प्रतिकार्य योजना तर्जुमा गरी नपठाउँदा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन समस्या भइरहेको उनले जानकारी दिए ।
“सबै स्थानीय तहले योजना बनाएर पठाए जिल्लाले योजना बनाउन सहज हुने थियो”, प्रजिअ पन्थीले भने, “एकरदुई दिन पर्खन्छौँ, स्थानीय तहका योजना नआए जिल्लास्तरीय प्रतिकार्य योजना बनाउन तयारी थाल्ने छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...




प्रतिकृया लेख्नुहोस्: