बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र जिल्लाका स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन स्थानीय तहले मात्रै पूर्व तयारीसम्बन्धी योजना तर्जुमा गरी पठाएका छन् ।
“पालिकाको सेवा क्षेत्रभित्र विपद्को अवस्था, जनशक्ति परिचालन, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपद्का बेला आवश्यक पर्ने राहत तथा उद्धारको लागि उपकरण, जनशक्तिलगायत सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद् प्रतिकार्य योजना तयार गर्नुपर्ने छ”, प्रजिअ पन्थीले भने । यहाँका तीन पालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाए पनि ढाँचाअनुसार नभएकाले दोस्रो पटक तयार गर्न भनिएको उनले बताए ।
“जिल्लाका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाएका छन् । पूर्ण विवरण सहितको योजना नआएकाले पुन:पठाउन आग्रह गरिएको छ”, पन्थीले भने । सबै स्थानीय तहले प्रतिकार्य योजना तर्जुमा गरी नपठाउँदा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन समस्या भइरहेको उनले जानकारी दिए ।
“सबै स्थानीय तहले योजना बनाएर पठाए जिल्लाले योजना बनाउन सहज हुने थियो”, प्रजिअ पन्थीले भने, “एकरदुई दिन पर्खन्छौँ, स्थानीय तहका योजना नआए जिल्लास्तरीय प्रतिकार्य योजना बनाउन तयारी थाल्ने छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: