ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले विदेश नजाऔं गाउँमै कमाऔं घरमै रमाऔं अभियान चलाउने भएको छ । स्थानीय स्तरमै स्वरोजगारीको अवसर प्रदान गरेर युवाशक्ति विदेश पलायन हुनेक्रमलाई रोक्न पालिकाले यो अभियान चलाउने भएको हो ।
गाउँपालिकाको १३ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष कमल तामाङले युवालाई सिपसँग जोडेर समद्धि यात्रा तय गरिने बताए । विदेश नजाऔं गाउँमै कमाऔं घरमै रमाऔं भन्ने अभियान अन्तरगत युवालाई सिप र आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेर व्यवसायमा प्रोत्साहन गरिने बताए । अध्यक्ष तामाङले प्रस्तुत गरेको लोकप्रिय कार्यक्रमसहितको नीति तथा कार्यक्रममा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, जेष्ठ नागरिकसँग अध्यक्ष देखि सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमसम्म समेटिएका छन् ।
सुनकोशी गाउँपालिकाले बसाइसरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभाले बसाईसरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने नीति पारित गरेको हो ।
उज्यालो सुनकोशी अभियान आगामी वर्ष पुरा गरिने भएको छ । आगामी आर्थिक वर्षभित्र सबै घरघरमा विद्युत पुर्याइने नीति कार्यक्रममा उल्लेख छ । जनता खानेपानी कार्यक्रम चलाएर एकघर एक धारा अभियान अन्तरगत सबै घरघरमा स्वच्छ पानी उपलब्ध गराईने छ । कृषि उपजको बजारीकरणमा स्थानीय तहले सहजिकरण गर्ने भएको छ ।
कृषि क्षेत्रमा लगानी बढाउने, शिक्षामा गुणस्तर वृद्धि गर्ने, स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँटोलमा स्वास्थ्य इकाई स्थापना गर्ने, क्यान्स पीडितको उपचारका लागि शिविर चलाउने, जिविकोपार्जनका लागि घुम्ती कोष सञ्चालन गर्नेलगायतका नीति कार्यान्वनका लागि उपाध्यक्ष सुनिता अधिकारीले आगामी वर्षको बजेट प्रस्तुत गरेकी थिइन् ।
सुनकोशीमा गर्भवती महिलालाई फोनिङ कार्यक्रम सञ्चालन हुने भएको छ । पालिकाभित्रका सबै गर्भवती महिलालाई समयमै गर्भजाँच गराउन र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थाका इन्चार्जहरुले गर्भवतीलाई फोन गरेर स्वास्थ्य संस्था बोलाउने कार्यक्रम राखिएको हो । उपाध्यक्षसँग सुत्केरी कार्यक्रम चलाएर सुत्केरी आमा र नवजात शिशुलाई पोष्टीक आहार कोशेली दिने कार्यक्रम राखिएको छ । जेष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रमले निरन्तरता दिइएको छ ।
सुनकोशी गाउँपालिकाले मृत्यु संस्कार खर्च ५ हजार दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । सुनकोशीमा विगतदेखि सञ्चालनमा रहेको मृत्यु संस्कार खर्चलाई निरन्तरता दिँदै पोष्ट मार्टम गर्नुपर्ने भएमा यातायात खर्च बापत पालिकाले ५ हजार खर्च दिने भएको छ । सुनकोशीले आगामी वर्षका लागि ६० करोड ७१ लाख रुपैंया बराबरको बजेट ल्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: