ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नंं ६ र ७ को सिमानामा पर्ने शेरा खोलाको पक्की पुल वर्षाका कारण आएको बढीले जर्णि भएको छ । केही दिन देखी निरन्तर परेको वर्षका कारण आएको बढीले पुलको वारी पारी दुबै तिर भत्कीएका कारण पुल जिर्ण भएको हो ।
पुलको वारी पारी दुबै तिर बाढीले बगाए पछि सडक समेत जिर्ण बने पछि जिल्लाको पश्चिमी भेगबाट सदरमुकाम आउजाउ तथा गाउँपालिकाको केन्द्रमा जान समेत समस्या भएको थियो । पुलको वारी पारी दुवै तिर बढीले भत्काए पछि वडा नं। ६ र ७ को संयुक्त पहलमा पुललाई मर्मत गर्न सुरु गरीएको जनप्रतिनिधिको भनाइ छ ।
आफ्नो कार्यकालमा निर्माण गर्न कति सकिन्छ भन्दा पनि निर्माण भएका संरचना बिनास हुन नदिने आफ्नो प्रबिद्धतामा रहेको वडा नं। ६ का वडा अध्यक्ष गणेश केसीले बताए । जिर्ण अवस्थामा रहेको शेराखोलाको मोटरवेबल पुल तत्काललाई संरक्षणका लागि केहि पहल गरिएको उनले बताए । यसको दीर्घकालीन संरक्षण गर्नु हामी सबै को दायित्व र कर्तव्य रहेको उनको भनाइ छ ।
चम्पादेबी गाउँ पालिका वार्ड नं ६ र७ मा निर्माण भएर यातायात संचालनमा रहेको पक्की मोटरपुल यसपालिको बर्षाको कारणले जिर्ण अबस्थामा रहेकोले दुबै वडाको पहलमा मेसिनरि पर्खाल र तार जाली लगाइ रोकथाम गर्ने काम आजबाट सुरु भएको वडा नंं ७ का वडा अध्यक्ष सुरेश थापाले बताए । यो कार्य मात्र नभएर हरेक कार्यका लागि आफुहरु निरन्तर जनतासँगै दुख सुखमा रहने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ छ ।
आफुहरुले गरेको पहल कदमीले मात्र पुल सम्रक्षणमा अपुग हुने भएको हुँदा सरोकारवाला निकायले पनि ध्यान दिएको खण्डमा पुल स्थायी रुपमा रहने भएकाले सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको थापाको भनाइ छ । उनले वडा तथा गाउँपािलकाको तर्फबाट हुने काम आफुहरुले सुरु गरीएको भए पनि खोलाको बहाव दैनिक बढी रहेका कारण पुल सम्रक्षणमा संम्वन्धित कार्यालयको ध्यान जान जररी रहेको बताए ।
स्थानीय सडक पुल कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग एसडिसी को सहयोगमा २०७१ फागुनमा निर्माण सम्पन्न शेराखोला पुलमा गत बिहीबार आएको बाढीका कारण क्षती भएको थियो । नियमित यातायात संचालनमा रहेको पुल बर्षातका कारण जिर्ण बनेपछि स्थानीय जनप्रतिनिधिको पहलमा मेसिनरि पर्खाल र तारजाली लगाएर खोलाको कटान रोकेर पुलमा नियमित यातयात सञ्चालनको पहल गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: