Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संरक्षणको पर्खाइमा दरबार शैलीका पुराना घर

खबरडबली संवाददाता

धनकुटा । धनकुटाकाे मुगा घमाइलो र समथर भू-भाग रहेको पर्यटकीय स्थान हाे । तत्कालीन समयमा मुगा गाविस रहेकाे याे गाउँ अहिले पाख्रीबास नगरपालिकाकाे वडा नं.७ र ८ मा रहेकाे छ । 

पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाकाे जन्म भुमी समेत रहेकेा मुगाकाे समथर भुभाग, त्यहाँ बनाइएका दरबार शैलीका घर अनि धनकुटाकाे शैिक्षा इितहास बाेकेकेा राम मावि र गाउँमा रहेका बिभिन्न धार्मीक स्थानहरू यहाँका पर्यटकीय स्थानका रूपमा रहेका छन् । 

विकासका दृष्टिकाेणले तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापा देखी सुनीलबहादुर थापा र हाल सांसद रहेका राजेन्द्र कुमार राइकाे जन्म भुमीका रूपमा रहेकाे मुगा पछाडी नै परेकेा छ ।तर,मुगाकाे समथर भुभाग र यहाँ रहेका ऐतिहासिक घरहरू देख्दा मुगाले जाे काेहीकाे पनि ध्यान केन्द्रित बनाउँछ । मुगामा रहेका थापा परिवारका दजर्नाै घरहरू दरबार शैलीमा निर्माण भएका छन् । तर, यी घरहरूकाे सम्रक्षण नहुँदा खण्डहर बन्दै गएका छन् । ऐतिहासिक महत्त्व बोकेका मुगाका पुराना घरहरू संरक्षण गर्न सके यहाँ अान्तरीक तथा बाह्य पर्यटक भित्राउन सकिने स्थानीयहरू बताएँछन्र ।

राणाकालिन समयमा दरबार शैलीमा बनाइएका ऐतिहासिक घरका घरधनीहरूयतिबेला काेही विराटनगर, इटहरी या धरान त काेही काठमाडाैंमा रहेका छन् । उनीहरूकाे बेवास्ताकाकारण नै ति घरहरू भत्किन लागेकेा हुन् ।

राणाकालीन समयमा बनाइएका झण्डै ३५ वटा घरहरूमध्ये अब आधा दर्जन घर पनि बस्न लायकका छैनन् ।  यी घरहरूमा पनि मुगामा अहिले थापा परिवारका कोही बस्दैनन् । उनीहरू नबसेपछि केही घरहरूमा रुङ्गालु राखिएका छन् । कुनै बेला घमाइलो र समथर भू-भाग रहेको मुगाको नाम सुने मात्रैपनि जो कोही मोहित हुन्थे । मुगामा बनेका दरबार शैलीका घरले झनै सबैको मन लोभ्याउँथ्यो । तर, अहिले मुगाकाे इतिहास इितहासमै सिमीत हुन पुगेकेा छ ।

स्थानीय धनकुमारी भुजेल १७ वर्ष अगाडीदेखि मुगामा रहेकाे अर्जुन थापाको घर रुगेर बसेकी छन् । उनले थापाकाे घर रूगेर बसे बापत थापाकाे खेतबारीमा उब्जेकाे अन्नबाली धनीलाइ दिन नपर्ने बताउँछिन्र । थापाले पनि गाउँमा आएको समयमा घर बनाउँछु भन्ने गरे पनि सहर गएपछि घर बनाउने कुरा बिर्सने गरेकेा उनले बताइन् । 

हालको पाख्रिबास नगरपालिका वडा नं. ८ मा रहेको पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको ५२ ढोके घर द्धन्द्धकालमा तत्कालीन माओवादीले भत्काएका थिए । त्यसयता उक्त घर न स्व. सूर्यबहादुर थापाले सो घरलाई बनाए न उनका छोरा पुर्वमन्त्री सुनीलबहादुर थापाले नै बनाए । 

अहिले मुगाका सबै घर भत्किसेका छन् । संरक्षण गर्ने हो भने पनि धेरै छैनन् तर बाँकी रहेका थापा परिवार लगायतका घरहरूलाई संरक्षण गर्नसके पर्यटकीय सम्भावना देखिएको मुगामा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आउनुभएका अजितनारायणसिंह थापाले बताए । 

पछिल्लो समयमा पर्यटकहरूले पुराना र ऐतिहासिक महत्त्व बोकेका घरहरू मन पराउन थालेका छन् । मुगामा यतिबेला आठदेखि १० वटा मात्र घरहरू बाँकी रहेकाले यी घरहरू संरक्षण गर्नसके मुगामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने मुगाका स्थानीयहरू बताउँछन् ।

ऐतिहासिक महत्त्व बोकेका मुगामा बाँकी रहेका ठुला र दरबार शैलीका घरहरूलाई संरक्षण गर्नसके ती घरहरू पर्यटकहरूको रोजाइमा पर्न सक्छन् । त्यसका लागि घरवालाले मात्रै होइन, स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending