काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ ।
यसैगरी महानगरप्रमुख बालेन शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”
सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उनले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेका छन् । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उनको भनाइ छ ।
उनले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १७:३८
काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...
बैशाख १९ गते, २०८३ - १७:००
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...
बैशाख १९ गते, २०८३ - १६:४८
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...
बैशाख १९ गते, २०८३ - १६:३८
तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...
बैशाख १९ गते, २०८३ - १६:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...
बैशाख १९ गते, २०८३ - १६:२०
काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...
बैशाख १९ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...
बैशाख १९ गते, २०८३ - १५:४२
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...
बैशाख १९ गते, २०८३ - १५:३०
काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...
बैशाख १९ गते, २०८३ - १५:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...


प्रतिकृया लेख्नुहोस्: