विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई उच्च अदालत विराटनगरले पाँच दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । आज बसेको न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
मन्त्री राजभण्डारीविरुद्द मंगलबार अधिवक्त उद्ववचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च अदाल विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए । न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्तिको दिएका राजभण्डारी विरुद्ध उच्च अदालतमा रिट निवेदन मुद्दा दर्ता भएको हो । गत असार १० गते विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए ।
मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरि संविधान र कानूनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायायलमाथि घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दावी निवेदनमा गरिएको छ ।
अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्ने कानुनी व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८१ - १६:४८
धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अ...
बैशाख २६ गते, २०८१ - १६:४२
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद्को विघटन लगायत अनेकौं काण्ड ...
बैशाख २६ गते, २०८१ - १६:३०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेप...
बैशाख २६ गते, २०८१ - १६:२६
काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् । निलाम्बर आचार्य, सूर्यनाथ उपाध्य...
बैशाख २६ गते, २०८१ - १६:१५
विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि संविधान र यसअघिका अभ्यास हेरेर नि...
बैशाख २६ गते, २०८१ - १६:०५
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएक...
बैशाख २६ गते, २०८१ - १५:४५
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । खड्काको मंगलबार नेपाल क्यान्सर ह...
बैशाख २६ गते, २०८१ - १५:४१
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । ...
बैशाख २६ गते, २०८१ - १५:२९
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध...
बैशाख २६ गते, २०८१ - १४:३५
काठमाडौँ । भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचा...
प्रतिकृया लेख्नुहोस्: