काठमाडौं । प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको छ । बुधबार बसेकाे प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले पेश गरेको 'विनियोजन विधेयक' बजेट बहुमतले पारित गरेकाे हाे ।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए । उक्त बजेटलाई बुधबार अर्थमन्त्री डा. महतले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
बजेट सन्तुलित नभएको भन्दै बजेटको विपक्षमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतले मत हालेका थिए ।
संसदमा बजेट प्रस्तुतअघि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय विनियोजन विधेयककै अंगका रुपमा समेट्न माग गर्दै संसद अवरोध गरेका थिए । त्यसपछि सो विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले १५ मिनटेका लागि बैठक स्थगित गरेका थिए ।
दोस्रो पटक बसेको बैठकमा अर्थमन्त्री महतले बजेट पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका थिए । लगत्तै एमाले सचेतक महेश बर्तौलाले बजेट पारित गर्नुहुन्न भन्ने प्रस्ताव अत्यधिक देखिएको भन्दै मत विभाजनको माग गरेका थिए । त्यसपछि सभामुखले प्रक्रिया अघि बढाएका थिए ।
मत सच्याउन सभामुखले तीन मिनेटको समय दिएका थिए । तर, कुनै पनि सांसदले मत सच्याएनन् । त्यसपछि सभामुखले मत विभाजनमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको घोषणा गरेका थिए ।
बजेट पारित गराउन कांग्रेस र नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ह्विप जारी गरेका थिए । बजेट संसदमा पेश हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताउँदै आएका थिए । बजेट संशोधन नभएसम्म मतदान नगर्ने बताउँदै आएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रधानमन्त्री र अर्थमन्त्रीसँगको छलफलपछि मतदान गरेका थिए ।
प्रतिनिधिसभाबाट बहुमतले पारित भएको बजेट अब राष्ट्रियसभाबाट पनि पारित गर्नुपर्छ। राष्ट्रियसभामा पनि प्रतिनिधिसभाजस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ। सम्बन्धित मन्त्रीहरूले जवाफ दिइसकेपछि बजेट पारित हुनेछ।
दुवै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - २१:०९
काठमाडौं । नेपाली युवा प्रविधि उद्यमी आदित्य सुवेदी सह–संस्थापक रहेको अमेरिकी एआई तथा चिप डिजाइन कम्पनी Architect Labs ले २ करोड ४० लाख अमेरिकी डलर (क...
आषाढ़ ५ गते, २०८३ - २१:०१
धनकुटा । धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान यतिबेला खडेरी र फौजी किराको दोहोरो मार खेपिरहेका छन्। पर्याप्त वर्षा नहुँदा मकै...
आषाढ़ ५ गते, २०८३ - २०:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीहरूका लागि रिटोटलिङ (पुनर्योग) आवेदन खुला गरेको छ। बोर्डले श...
आषाढ़ ५ गते, २०८३ - १९:४५
बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडी...
आषाढ़ ५ गते, २०८३ - १९:३९
काठमाडौं । यस वर्षको मनसुन नेपालमा सरदरभन्दा ६ दिन ढिलो गरी भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशका केही भूभागबाट मनसुनी...
आषाढ़ ५ गते, २०८३ - ०७:४९
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...
आषाढ़ ५ गते, २०८३ - ०७:४३
धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...
आषाढ़ ५ गते, २०८३ - ०७:३५
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...
आषाढ़ ५ गते, २०८३ - ०७:२९
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । बिहीबारको नगरसभामा...
आषाढ़ ५ गते, २०८३ - ०७:२१
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...



प्रतिकृया लेख्नुहोस्: