काठमाडाैं । सडक डिभिजन कार्यालय जुम्लाले राष्ट्रिय राजमार्ग अतिक्रमण गरेर बनाइएको भौतिक संरचना हटाउन निर्देशन दिएको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको खुलालुदेखि नाग्मासम्म, नाग्मा-खलङ्गा र नाग्मा-गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको सीमामा बनाइएको भौतिक संरचना हटाउन सडक डिभिजनले निर्देशन दिएको हो ।
होटल व्यवसायी, मदिरा उत्पादनकर्ता एवं डिलरहरुले राजमार्गको सीमा क्षेत्रभित्र होर्डिङ्ग बोर्ड राख्नुको साथसाथै घरटहरा निर्माण गरेको डिभिजनले जनाएको छ । आज सूचना जारी गर्दै ती घरटहरालगायत अन्य संरचना र बोर्डहरु सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेकाले ३५ दिनभित्र हटाउन सडक डिभिजनले सम्बन्धित पक्षलाई निर्देशन गरेको हो ।
सूचनामा भनिएको छ,‘सडक सीमाभित्र बनेका स्थायी तथा अस्थायी घरटहरा, अन्य संरचनाहरु तथा होर्डिङ बोर्डहरु सडक सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त हुनाले त्यस्ता घरटहरालगायत मदिराजन्य होर्डिङ विज्ञापन बोर्डहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।’
सडक सीमाभित्र स्थायी तथा अस्थायी घरटहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानीसडक तथा सडक किनारको नालामा मिसाउन, यातायात सञ्चालन एवं सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ ले निषेध गरेकोबारे डिभिजनले सुसूचितसमेत गराएको छ ।
त्यस्तै, तोकिएको समयभित्र ती संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ (३) अनुसार हटाइने र सो हटाउन लाग्ने खर्च सम्बन्धित पक्षबाट उठाउने चेतावनी दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: