काठमाडौं । नेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रशारण भइरहेको कार्यक्रम“कमेडी क्लबविथ् च्याम्पियनस्”मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्म सम्मानमा आघात पुगेको भन्दै गन्धर्व साँस्कृति कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुदाँ उक्त दृष्यमा माथि हाम्रो आपत्ती छ, विज्ञप्तीमा भनिएको छ ।
संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसंग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अपहेलनाका दृष्टीले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्म सम्मान र प्रतिष्ठा माथि नै आघात पुर्याएले तत्काल उक्त पात्रसंग जोडिएका श्रृंखलाहरु हटाउन र सार्वजनिक रुपमा माफी माग्न सम्बन्धीत निकायलाई आग्रह गरे । उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनिउक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदाय संग जोडिएको कला, संस्कृति र बाजालाई अपहेलनाका दृष्टीले प्रस्तुत गर्दै आइरहेको भन्दै आपत्ती जनाए ।
नेपाली कला, संस्कृतिको पहिचान बोकेको गन्धर्व समुदायले आमसञ्चारको विकास अघिदेखि गीत संगीतको माध्ययबाट सुचनाको आदन प्रदानमा सहयात्री बन्दै आइरहेका छन् । “गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन्, हामीले देशको लोक संस्कृतिमा दिएको योगदान आज पनि उत्तिकै सान्र्दभिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्ययमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृष्य तत्काल हटाउनु पर्छ,” विज्ञप्तीमा भनिएको छ ।
संस्थाका महासचि वगन्धर्वले, गन्धर्व समुदायको मौलिकबाजा सारङ्गी एउटा बाद्य यन्त्र मात्रै नभइ, राष्ट्रको पहिचान, जीवन, एकताको प्रतीक र इतिहास भएको बताउछन् । गन्धर्व समुदायले देशका विभिन्न कालखण्डमा भएका सामाजिक एवम् राजनीतिक आन्दोलनमा पुर्याएको अमुल्य योगदानको स्मरण गर्दै यस्ता सस्तो लोकप्रियताका लागि प्रस्तुत गरिने पात्र र कार्यक्रमले सिंगो समुदायलाई आघात पुर्याएको महासचिव गन्धर्वले बताए ।
उनले उक्त कार्यक्रममा समावेश भएको गन्धर्व पात्रतत्काल हटाउन र सारङ्गीलाई मर्यादित रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । उनले सो कार्यक्रमबाट गन्धर्व पात्रसंग सम्बन्धीत सम्पुर्ण दृष्यहरु नहटाईए कानुनी कारबाहीका लागि अघि बढ्ने चेतावनी समेत दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: