काठमाडौं । नेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रशारण भइरहेको कार्यक्रम“कमेडी क्लबविथ् च्याम्पियनस्”मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्म सम्मानमा आघात पुगेको भन्दै गन्धर्व साँस्कृति कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुदाँ उक्त दृष्यमा माथि हाम्रो आपत्ती छ, विज्ञप्तीमा भनिएको छ ।
संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसंग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अपहेलनाका दृष्टीले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्म सम्मान र प्रतिष्ठा माथि नै आघात पुर्याएले तत्काल उक्त पात्रसंग जोडिएका श्रृंखलाहरु हटाउन र सार्वजनिक रुपमा माफी माग्न सम्बन्धीत निकायलाई आग्रह गरे । उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनिउक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदाय संग जोडिएको कला, संस्कृति र बाजालाई अपहेलनाका दृष्टीले प्रस्तुत गर्दै आइरहेको भन्दै आपत्ती जनाए ।
नेपाली कला, संस्कृतिको पहिचान बोकेको गन्धर्व समुदायले आमसञ्चारको विकास अघिदेखि गीत संगीतको माध्ययबाट सुचनाको आदन प्रदानमा सहयात्री बन्दै आइरहेका छन् । “गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन्, हामीले देशको लोक संस्कृतिमा दिएको योगदान आज पनि उत्तिकै सान्र्दभिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्ययमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृष्य तत्काल हटाउनु पर्छ,” विज्ञप्तीमा भनिएको छ ।
संस्थाका महासचि वगन्धर्वले, गन्धर्व समुदायको मौलिकबाजा सारङ्गी एउटा बाद्य यन्त्र मात्रै नभइ, राष्ट्रको पहिचान, जीवन, एकताको प्रतीक र इतिहास भएको बताउछन् । गन्धर्व समुदायले देशका विभिन्न कालखण्डमा भएका सामाजिक एवम् राजनीतिक आन्दोलनमा पुर्याएको अमुल्य योगदानको स्मरण गर्दै यस्ता सस्तो लोकप्रियताका लागि प्रस्तुत गरिने पात्र र कार्यक्रमले सिंगो समुदायलाई आघात पुर्याएको महासचिव गन्धर्वले बताए ।
उनले उक्त कार्यक्रममा समावेश भएको गन्धर्व पात्रतत्काल हटाउन र सारङ्गीलाई मर्यादित रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । उनले सो कार्यक्रमबाट गन्धर्व पात्रसंग सम्बन्धीत सम्पुर्ण दृष्यहरु नहटाईए कानुनी कारबाहीका लागि अघि बढ्ने चेतावनी समेत दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: