Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कोडियाबस्ती- रोग जितेर भोकसँग हारिरहेको बस्ती

खबरडबली संवाददाता

जनकपुरधाम । आजभन्दा १५/१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उनको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो।

कुनै समय करिब २२ परिवारका एक सय मान्छेको सामूहिक बसाइँ रहेको सो स्थानबाटै कुष्टरोग प्रभावितको औषधोपचार र उचित हेरचाह गरी नयाँ जीवन दिने काम भएको थियो।

सडक किनारमा अपहेलित जीवन बाँचिरहेकालाई सम्मानित जीवन बाँच्न सिकाउने सोही बस्ती अचेल आफैँ नयाँ जीवनको पर्खाइमा छ। रंग उड्दै गरेको अग्लो पर्खाल। खियाँ लाग्दै गरेको फलामे प्रवेशद्वार (गेट)। त्यहीभित्र अग्लाअग्ला रुख र जीर्ण हुँदै गएको २० कोठे भवन।

भवनजस्तै जीन्दगीको रङग उड्दै छ सुरुदेखि नै यहाँ बस्दै आएका बेचन मण्डलको पनि यो बस्तीको विगत र यसको योगदानका बारेमा जनकपुरका धेरैलाई जानकारी छ, तर पछिल्लो तितो कथाबारे भने धेरैजसो बेखबर छन्।

कुनैबेला २०/२२ परिवारका करिब एकसय जनाले नयाँ जिन्दगी पाएको यो २० कोठे भवनका तीन कोठाबाहेक सबैमा ताला लगाइएका छन्।

ती कोठामध्ये एउटामा बेचन मण्डलको पाँच जनाको परिवार र अर्कोमा एकल महिला गीता सदा आफ्ना पाँच सन्तानसहित बसिरहेकी छिन् भने अर्को कोठामा २१ वर्षीय कृष्ण सदा एक्दै बस्न थालेको धेरै भइसक्यो। 

त्यो समय, जुनबेला कुष्टरोगी भनेपछि समाजले छिःछि दूरदूरको भावले हेर्थ्यो। जनकपुरधाम आसपासका कुष्टरोग प्रभावितको अवस्था पनि त्यही थियो। मागेर खानुपर्ने अवस्थाका अधिकांश भूमिहीन गरिब कुष्टरोग प्रभावितको त्यही अवस्था देखेर जनकपुर निवासी समाजसेवी जमिरियादेवी कुर्मिनीले धर्मशाला निर्माण गरिदिएकी थिइन्।

 छ कठ्ठा पाँच धुर जमिनमा २० कोठे भवन, भान्छा, मन्दिर र पठनपाठनका लागि शिक्षकसहितको व्यवस्था, कुष्टरोगीको नियमित औषधोपचार, खानपिनको बन्दोबस्त र उचित रेखदेखले ‘पूर्वजन्मको दोष’ देखाएर जीवनबाट हार खाएकामा जगाइएको आशाले बस्ती नै गुञ्जायमान हुँदै थियो तर विसं २०७२ साउन ११ गते जमिरियादेवीको मृत्यूपश्चात सो बस्ती उजाड बन्दै गएको छ।​

फेरि सडकमै

जमिरियादेवी जीवित हुँदासम्म यहाँ बसोबास गर्नेहरूको रेखदेख र गाँसबासका लागि सोहीअनुसारको बन्दोबस्त थियो। उनको निधनपश्चात भने सुरक्षा, संरक्षण र रेखदेखको अभावमा भवन जीर्ण बन्दै गएको छ। त्यही कारण आफूहरूलाई बस्न कठिन भइरहेको विजय सदाले बताए।

 कवाडी उठाउने काम गरिरहेका उनले वर्षौ बिताएको बस्ती छोडेर जानुपर्दा निकै दुःख लागिरहेको बताए। '१५/१६ वर्ष यही बस्तीमा बसियो। यही हुर्कियो। मेरो आमाले अन्तिम स्वास फेरेको ठाउँ पनि यही हो। माया त लाग्छ तर के गर्नु अहिले बस्ने अवस्था छैन', सदाले भने,'जमिरियादेवि वितेपछि कसैले पनि रेखदेख गर्दैनन्। बिजुलीबत्ती छैन। बक्यौता रकम नतिरेको भनेर विद्युत प्राधिकरणले लाइन काटेको धेरै भइसक्यो।

सक्नेले त काम गरिरहेका छन् तर कमजोर, एकल महिला, बालबालिकाले खानका लागि फेरि सडकमै संघर्ष गर्नुपर्ने दिन आएको छ। यो देख्दा निकै नरमाइलो लागेको छ। बेचन मण्डलले पनि जीर्ण संरचनाका कारण यहाँको बसाइँ निकै कष्टकर हुँदै गएको बताए। सडकबाट उठाएर यो बस्तीमा ल्याउनुभएकी जमिरियादेवीको निधनपछि फेरि सडकमै फर्किनुपर्ने अवस्था आएकोमा उनले दुःख व्यक्त गरे।

'सुरुमा हामी सडकमा थियौँ। परिक्रममा रोडले उठिबास लगाएपछि आमा (जमिरियादेवी) ले धर्मशाला बनाएर यहाँ राख्नुभयो। २०/२२ परिवारका सदस्य रमाएर बसिरहेका थियौँ। आमाको निधनपछि भवन संरक्षण गर्न कसैले सहयोग गरेनन्। कोराना र त्यसपछि बढ्दै गएको समस्याले अहिले सबैसोले बस्ती छोडिसके, अहिले तीन परिवार मात्रै यहीँ बसिरहेका छौँ', मण्डलले भने, 'हाम्रा नौ/दशजना सदस्यले यही ठाउँमा ज्यान गुमाएका छन्। मेरो आमा, एउटा छोरी र एउटा छोरोको ज्यान पनि यही गएको हो। पछिल्लो समय भवन जीर्ण छ, भूतप्रेत सताउँछ, मान्छे मर्छन् भनेर कोही बस्न मान्दैनन्। खै! हामीहरूको बसाइँ पनि कति दिन हो। सम्झिँदा विरक्त लाग्छ।'

जनकपुरधाम-७ का पूर्वअध्यक्ष जानकीराम साहले पनि भवनको संरक्षण र त्यहाँ बस्नेको सुरक्षा अभावमा बस्ती छोड्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए। आफ्नो कार्यकालमा वडास्तरबाट केही सहयोग भए पनि पछिल्लो समय धर्मशाला व्यवस्थापनका लागि कसैले ध्यान नदिँदा त्यहाँ बस्ने फेरि माग्ने र दैनिक गुजाराका लागि अन्य जोखिमपूर्ण काममा फर्किन थालेको साहले बताए।

'जमिरियादेवीले पवित्र उद्देश्यसहित धर्मशाला निर्माण गर्नुभएको थियो। त्यहीँ बसेर धेरै रोगीले जीवनदान पाए।  घरबारविहीनले आश्रय र बालबालिकाले शिक्षाको ज्योति पाए तर पछिल्लो समय सबैको विचल्ली हुँदैछ', साहले भने,'जमिरियादेविको निधनपछि उहाँको पवित्र कार्यको उत्तराधिकारी बन्ने सपना कसैले देखेका छैनन्। बरु उत्तराधिकारी र धर्मसन्तानको नाममा केही मान्छेले व्यक्तिगत लाभ लिन खोज्दै गरेको सुनिएको छ। स्थानीय सरकारले पनि चासो दिएको छैन। वर्षौपछि मगन्ते हुनु नगरकै लागि अशोभनिय भएकोले सो धर्मशालाको व्यवस्थापनमा नगरपालिकाले नै ध्यान दिनुपर्छ।'

फेरि भेटिएनन् प्रगास

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि हामी स्थलगत रिपोर्टिङमा जाँदा सो बस्तीका प्रगास सदा प्रवेशद्वार अगाडि पलेटी कसेर बसिरहेका थिए। चुनावको माहोल भएकाले सो बस्तीमा पनि चहलपहल बढिरहेको थियो।

 कुष्टरोगको औषधिसेवनपछि निको भएको बताउने सदाले कमजोर शारिरिक अवस्थाले परिवारका लागि खानेलाउने कुरा जोहो गर्न नसक्दा निकै समस्या भएको सुनाएका थिए। 'श्रीमति र छोरीहरूले मागेर ल्याएपछि मात्रै खान पाउँछु। पहिले जमिरियादेवि हुँदा समस्या भएको बेला सहयोग पाइन्थ्यो। अहिले त कसैले पनि हेर्दैनन्। नेताहरू पनि भोट माग्न आएको देख्छु तर अरु समय हाम्रोबारे कसैले खबर राख्दैनन्। अब त बाँच्नै मुस्किल भयो', उनले भनेका थिए।

यसपटक रिपोटिङमा जाँदा हामीले उनलाई खोज्यौँ। कही नदेखेपछि नजिकै रहेकी गीतादेवी सदा नाम बताउने महिलासँग बुझ्दा चुनावको केही महिनापछि प्रगासको निधन भइसकेको रहेछ। तिनै प्रगासको श्रीमति सदाले भनिन्,'रोग त थिएन तर कमजोर भइसकेको मान्छेलाई हावा (प्यारालाइसिस) लाग्यो ? बचाउँन सकिएन।'

सदाका अनुसार अहिले धेरैले बस्ती छोडे र बाँकी रहेका पनि बस्ती छोड्ने अन्तिम तयारीमा छन् तर उनीसँग भने कुनै विकल्प छैन। 'पहिले सडकमा माग्दामाग्दै उहाँसँग विवाह भयो। घरको पत्ता नलागेरै उहाँको निधन भइसक्यो', आँसु लुकाउँदै सदाले भनिन्, 'धेरैले यो ठाउँ छोडिसके, अरुले पनि छोड्दै छन् तर मेरो त जाने ठाउँ कहि पनि छैन। खै ! अब फेरि सडकको बास हुनेपो हो कि ! भवन व्यवस्थापनका लागि कसैले सहयोग गरिदिए बस्न सकिन्थ्यो होला तर अहिले कसैले पनि दयामाया गर्दैनन्।'

वडा सातका निवर्तमान अध्यक्ष साहकाअनुसार यो बस्तीमा दुई वर्षअघि (कोरोनाकालमा) ४० जनाको बसोबास थियो। त्योमध्ये प्रगासलगायत केहीको मृत्यु भइसकेको छ। त्यति धेरै बसोबास भएको यो बस्तीमा अहिले ११ जना मात्रै छन्। जमिरियादेवीको निधनपश्चात धर्मशाला छोडेर फेरि सडकमा आउनेहरूको संख्या बढ्दैछ। यो सबैको चिन्ता र चासोको विषय हनुपर्ने उनको भनाइ छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending