धनगढी । यतीबेला देशभर ‘लम्पी’ स्किन पशु चाैपायामा महामारीका रुपमा फैलिएकाे छ । देशका सबै भुभागमा याे महामारीका कारण पशु चाैपाय प्रभावित भएका छन् ।
राेपाइँकाे चटाराे भएकाे याे समयमा पशु चाैपायमा महामारी फैलिएपछि देशका विभिन्न भूभागमा राेपाइँ प्रभावित भएकाे छ । तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा लम्पी स्किन रोगको संक्रमण फैलिएसँगै रोपाइँ प्रभावित भएको छ ।
बर्खेबाली लगाउने समयमा गोरु धमाधम मर्न थालेपछि किसान चिन्तित छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार सुदुरपश्चिम प्रदेशमा असार १२ सम्म प्रदेशभर लम्पी स्किनबाट मरेका १० हजार ९३९ गाईगोरु र बाच्छाबाच्छीमात्रै १० हजार ५०१ छन् । तीमध्ये गोरुमात्रै ४ हजार ३५७ रहेका छन् ।
‘पहाडमा खेत जोत्ने गोरुले नै हो, गोरु संक्रमित भएर थला पर्दै मर्न थालेका प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा.नरेशप्रसाद जोशीले बताए । उनका अनुसार सुदूरपश्चिममा ७७ हजार गोरुमा संक्रमण भएको छ । खेती लगाउने सिजन भएकाले कसरी जोत्ने भन्ने गम्भीर समस्या उत्पन्न भएको छ । उनले समयमै खेतबारी जोत्न नपाएर बाझै रहने अवस्थाले पहाडी जिल्लामा हिउँदमा खाद्यसंकटको अवस्था आउन सक्ने देखिएको बताए ।
डा. जोशीका अनुसार पहाडमा जोत्ने विकल्प नहुँदा कतिपय ठाउमा संक्रमित गोरु पनि प्रयोग भइरहेको छ । यो पहाडका किसानको बाध्यता रहेकाे बताउँदै उनले खेतीपाती नगरेर बाझो छाड्नुभन्दा बिरामी गोरु प्रयोग गर्नु उनीहरूको बाध्यता रहेकाे बताए । उनका अनुसार लम्पी स्किनले थला परेपछि किसानहरू तराईबाट जोत्नका लागि गोरु पहाडतर्फ लगिरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: