Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

खबरडबली संवाददाता

काठमाडौँ । आज असार १५ देशभर धान दिवस मनाइँदै छ। यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ। भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन।

सिँचाइको अभावका कारण किसानले अकाशे पानीको भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असारको पहिलो सातासम्म खडेरी परेकाले यस वर्ष रोपाइँ ढिला भएको किसान बताउँछन्। केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन्।

जिल्लाको निसीखोला र गलकोटका अधिकांश ठाउँमा रोपाइँ भए पनि अन्य पालिकामा न्यून मात्रामा रोपाइँ भएको छ। केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको गलकोटका कृषक विरबहादुर खत्रीले बताए। ‘धान र कोदोको ब्याड राखेपछि लामो समय पानी नपर्दा बीउ कसरी जोगाउने भन्ने चिन्ता थियो। पानी पर्न थालेपछि यहाँका किसान खनजोतमा व्यस्त छन्’, उनले भने। व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा रोपाइँ सकिसक्नुपर्ने बेला बल्ल रोपाइँ सुरु गर्नुपरेको उनले बताए।

खेतीयोग्य जमिन हुँदाहुँदै पनि मल र सिँचाइको अभावमा समयमै बाली लगाउन नसकेको कृषक खत्रीले बताए। उनले भने वर्षौंदेखि अकाशे पानीको भरमा धान बाली लगाउँदै आएको भन्दै अहिलेसम्म सिँचाइको समस्या समाधान हुन नसकेको गुनासो पोखे।

गाउँमा धेरै जसो किसानले गोठे तथा प्राङ्गारिक मल प्रयोग गरे पनि पछिल्लो समय पशुचौपाया पाल्न छोडेपछि रासायनिक मलको आवश्यक पर्ने गरेको खत्रीले बताए। रासायनिक मल जिल्ला सदरमुकामसम्म आएपछि दुर्गम गाउँसम्म नपुगेको उनको भनाइ थियो। उनले किसानको लगानीले कुलो बनाउन नसकिने भन्दै कुलो र नहर बनाउन बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

‘पहाडी क्षेत्र भए पनि हाम्रो ठाउँमा धान राम्रो उत्पादन हुन्छ, सिँचाइ र मल अभावका कारण समयमा रोपाँइ गर्न सकिएको छैन’, कृषक खत्रीले भने, ‘यसलाई सरोकारवाला निकायले अहिलेसम्म पनि समाधान गर्न सकेनन्, लामो समय खडेरी पर्‍यो भने हामीले धान लगाउँनै पाउँदैनौँ, खोलानाला प्रशस्त छन् तर कुलो नभएकाले खेतमा पानी ल्याउन सकिएको छैन।’

कृषक नीमप्रसाद पौडेलले सरकारले कृषिमा करोडौँ बजेट विनियोजन गरे पनि कृषकले आवश्यकता अनुसार सेवा लिन नपाएको गुनासो गरे। समयमै मल नपाउँदा मलबिना नै धान लगाउनु परेको भन्दै उहाँले मलिलो माटो नहुँदा धान उत्पादन घट्ने बताए।

पोडैलले मल, सिँचाइको अभावका साथै गाउँमा काम गर्ने मजदुरसमेत पाइन छोडेकाले खेतबारी बाँझै रहन थालेको बताए। ‘अहिले धान उत्पादन हुने जमिन घट्दै छ, पहिले गाउँभरिका अधिकांश खेतमा धान लगाइन्थ्यो, उत्पादन पनि राम्रो हुन्थ्यो, अहिले न समयमा मल आउँछ, न पानी पुर्‍याउन सकिन्छ’, उनले भने, ‘काम गर्नलाई मान्छे खोज्यो मान्छे पाइँदैनन्, गाउँ सुनसान हुन थाल्यो, गाउँमा भएका मान्छेले पनि गाईभैँसी पाल्न छाडिसके, कहाँबाट मल हुन्छ ? बजारबाट ल्याउने मल रोपाइँ सकिएपछि बल्ल आउँछ।’

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। खेती हुने जमिनमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।

केन्द्रका प्रमुख भानुभक्त भट्टराईले खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको जानकारी दिए। उनका अनुसार सिँचाइ सुविधा पुगेको जमिनमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ। गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नु परेको कृषकको गुनासो छ।

प्रमुख भट्टराईले हालसम्म जिल्लाभर २० प्रतिशत रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ।

जिल्लामा गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको प्रमुख भट्टराईले बताए। ‘केही दिनदेखि परेको अविरल वर्षाले यहाँका किसानलाई रोपाइँका लागि सहज बनाएको छ’, उनले भने, ‘सिँचाइको राम्रो व्यवस्था गर्न सके जिल्लामा रोपाइँ हुने क्षेत्रफल बढ्छ।’ रैथाने जातका धान लगाउँदै आएका किसानलाई ज्ञान केन्द्रले उन्नत जातका बीउ उपलब्ध गराउँदै आएको उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending