Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

आजदेखि बालुवा गिट्टीको बिक्रीमा रोक

क्रसर व्यवसायी भन्छन्: कि अवैध भनिदेऊ, कि नवीकरण गरिदेऊ

खबरडबली संवाददाता

पोखरा । क्रसर व्यवसायीले आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग राखेर शनिबारदेखि नदीजन्य पदार्थको आपूर्ति ठप्प पारेका छन् ।

उनीहरुले सरकारले तोकेको मापदण्ड पूरा गर्न नसकिने, तर आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग गरेका छन् ।गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी कि सबै क्रसर व्यवसाय अवैध घोषणा गर्नुपर्ने नभए उद्योग सञ्चालनका लागि क्षेत्र तोकिदिन माग गरेका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु विरुद्ध गरेको ज्यादतीको विरोधमा सम्पूर्ण बिक्री रोकेको जानकारी दिए । उनले भने, ‘पूर्व गृहमन्त्रीको निर्देशनमा २०७९ पुस २० गतेदेखि सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय भएको थियो ।’

मन्त्रालयको उक्त निर्णयपछि व्यवसायीसँगको छलफलका क्रममा सोही वर्षको फागुन १५ गते बसेको बैठकले एउटा मापदण्ड बनाएर अघि बढ्ने सहमति बनेको थियो । तर, सोअनुसार सरकारले मापदण्ड बनाउन नसकेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको न्यौपानेको भनाई छ । सरकारले विभेदपूर्ण व्यवहार गर्दै २०७२ सालदेखि देशभरका क्रसर उद्योग नवीकरण गर्न समेत नपाएको व्यवसायीको गुनासो छ । अध्यक्ष न्यौपानेका अनुसार आफूहरूले राज्यलाई कर तिर्न नवीकरणको माग गर्दा समेत बेवास्ता भएको बताए ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending