Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद

खबरडबली संवाददाता

ढोरपाटन । ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो । देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए । एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् । 

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी–सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ । जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ । आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । 

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा बीस नाउर र एघार झारलको सिकार गरिन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लामि...

बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिको शपथ ग्रहण

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सोमबार प्रदेशसभा ...

भिजिट भिसामा ओमान पुर्‍याई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । काठमाडौं, वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा  रूपन्देही रोहिणी गाउँपालिका...

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा। सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा। हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्...

गृहमन्त्री लामिछानमाथी कारबाहीको माग गर्दै कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभाका सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्। उपसभापत...

बहुप्रकोपीय जोखिम : पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौँ । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका  लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिए...

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि ब...

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्-भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा। भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्त...

प्रचण्डलाई कांग्रेसको प्रतिप्रश्न : कांग्रेसले तपाईंलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने ...

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies