काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) महानगर विश्व संघ (वल्र्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस, (महानगर) को सञ्चालक समितिको सदस्य पदमा निर्वाचित भएका छन् । संघका महासचिव जोडी वाकरले प्रमुख शाहलाई पत्र पठाउँदै २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको खबर दिएका हुन्।
कार्यकाल सन् २०२४ को जनवरी महिनाबाट सुरु हुनेछ । सञ्चालक समिति संघको प्रमुख व्यवस्थापकीय अङ्ग हो । सदस्यहरूको महासभाले तोकेको दिशा निर्देश पूरा गर्नु यसको मुख्य जिम्मेवारी हुन्छ ।
रणनीतिक अभिमुखीकरणको विकास र महानगरका लक्ष्यको विकास तथा उपलब्धीका लागि आवश्यक निर्णय गर्नु यसको काम हो ।
पत्रमा भनिएको छ, ‘म तपाइँको भूमिकाका बारे थप जानकारी प्रदान गर्न, आगामी वर्षहरुका लागि तपाईँको संस्थाका प्राथमिकताका बारेमा जान्न र महानगरको रणनीतिक दिशासँग जोड्ने तरिकाका बारेमा जान्नका लागि तपाईँको टोलीसँग एक छोटो बैठकको प्रस्ताव गर्न चाहन्छु । तपाईँको वैधानिक भूमिकाको अवधिमा हामी महानगरमा संयुक्त कामहरु गर्न सक्छौँ ।’
ठूला सहरी समूहको यो संघले सरकारहरूलाई भेला गरेर महानगरको दिगो र समान विकास तथा उत्थानशील समाज रूपान्तरणका लागि रणनीतिक योजना तर्जुमा गर्छ । यसले महानगरीय प्रशासनसँग विश्वव्यापी विज्ञता, स्थानीय र विश्वव्यापी मुद्दालाई वृहत दायरामा जोड्छ । अनुभवहरू साटासाटको अवसर उपलब्ध गराउँछ ।
यसका १४० भन्दा धेरै ठूला महानगरपालिका सदस्य छन् । दक्षिण एशियाली मुलुकका ८० वटा सहर यसका सदस्य हुन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकबाट २० वटा, उत्तर अमेरिकाका ७ वटा, यरोपका १८ वटा र अफ्रिकाका २५ वटा सहर सदस्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: