Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बालेन महानगर विश्व संघको सञ्चालक समिति सदस्यमा निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) महानगर विश्व संघ (वल्र्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस, (महानगर) को सञ्चालक समितिको सदस्य पदमा निर्वाचित भएका छन् । संघका महासचिव जोडी वाकरले प्रमुख शाहलाई पत्र पठाउँदै २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको खबर दिएका हुन्। 

कार्यकाल सन् २०२४ को जनवरी महिनाबाट सुरु हुनेछ । सञ्चालक समिति संघको प्रमुख व्यवस्थापकीय अङ्ग हो । सदस्यहरूको महासभाले तोकेको दिशा निर्देश पूरा गर्नु यसको मुख्य जिम्मेवारी हुन्छ । 

रणनीतिक अभिमुखीकरणको विकास र महानगरका लक्ष्यको विकास तथा उपलब्धीका लागि आवश्यक निर्णय गर्नु यसको काम हो । 

पत्रमा भनिएको छ, ‘म तपाइँको भूमिकाका बारे थप जानकारी प्रदान गर्न, आगामी वर्षहरुका लागि तपाईँको संस्थाका प्राथमिकताका बारेमा जान्न र महानगरको रणनीतिक दिशासँग जोड्ने तरिकाका बारेमा जान्नका लागि तपाईँको टोलीसँग एक छोटो बैठकको प्रस्ताव गर्न चाहन्छु । तपाईँको वैधानिक भूमिकाको अवधिमा हामी महानगरमा संयुक्त कामहरु गर्न सक्छौँ ।’ 

ठूला सहरी समूहको यो संघले सरकारहरूलाई भेला गरेर महानगरको दिगो र समान विकास तथा उत्थानशील समाज रूपान्तरणका लागि रणनीतिक योजना तर्जुमा गर्छ । यसले महानगरीय प्रशासनसँग विश्वव्यापी विज्ञता, स्थानीय र विश्वव्यापी मुद्दालाई वृहत दायरामा जोड्छ । अनुभवहरू साटासाटको अवसर उपलब्ध गराउँछ ।

यसका १४० भन्दा धेरै ठूला महानगरपालिका सदस्य छन् । दक्षिण एशियाली मुलुकका ८० वटा सहर यसका सदस्य हुन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकबाट २० वटा, उत्तर अमेरिकाका ७ वटा, यरोपका १८ वटा र अफ्रिकाका २५ वटा सहर सदस्य छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending