Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

लागुऔषध मुद्दामा जेल परेका छाेरा भेट्न पुगेकी आमाकै साथमा ड्रग्स

खबरडबली संवाददाता

कैलाली । लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्‍याे । 
छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

ओमप्रकाशकी पत्नी पनि लागुऔषधकै मुद्दामा कारागारमा रहेकी छन् । कैलाली कारागारमै कैद भुक्तान गरिरहेका धनगढीका करन बमलाई भेट्न पुगेका आफन्त भीम बोगटीलाई पनि सेम्पुको डब्बाभित्र लागुऔषध लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

पछिल्ला महिनामा लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानीमा प्रहरीले आफ्नो सक्रियता बढाउँदै यसको जालो तोड्ने प्रयास प्रहरीले गरिरहेको छ । यसमा संलग्न हुने विभिन्न ठाउँबाट लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका छन् । 

यी घटनाले लागुऔषधको ओसारपसार र सेवन समाजमा डरलाग्दो रुपमा फैलिरहेको देखाउँछ । समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनैरुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ । 'बढी सङ्ख्यामा १६ देखि २२ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ, चोरी, लुटपाट, झैँझगडाजस्ता घटना र कतिपय हत्या घटनामा समेत लागुऔषध सेवनकर्ताको संलग्नता रहने गर्दा सुरक्षा चुनौती थपिएको छ', सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले भने । 

नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारि भारतीय बजारमा त्यहाँका व्यापारीले निर्वाधरुपमा लागुऔषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ । अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाएकै कारण कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागुऔषधको कुलतमा फसिरहेको देखिएको छ । 

घरपरिवारको बिग्रेको आन्तरिक माहोल, सञ्चार प्रविधिको दुरुपयोगले पनि धेरै व्यक्ति दुर्व्यवसनको सिकार भइरहेको पाइन्छ । कतिपय परिवारका अभिभावकले आफ्ना छोराछोरीसँग गर्ने गलत बानी व्यवहारका कारण पनि लागुऔषधको समस्या बढेको देखिएको प्रहरीको अध्ययनले देखाएको छ । 

युवायुवती लागुऔषध दुर्व्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखबरजस्तै देखिँदा यो  समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले बर्सेनि लागुऔषध मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका एकसय ७१ मुद्दा दर्ता भएकोमा आव २०७७/७८ सम्म आइपुग्दा यो सङ्ख्या बढेर दुई सय ५३ पुगेका थिए । यस्तै आव २०७८/७९मा  तीन सय ५३ मुद्दा दर्ता भएकोमा चालु वर्ष २०७९/८०को गत ११ महिनामा यो सङ्ख्या झण्डै चार सय ९१ पुगेको छ  । 

पछिल्लो ११ महिनामा दर्ता भएका मुद्दामा सबैभन्दा बढी एक सय ६८ जना १६ देखि २० वर्ष उमेर समूहका युवायुवती छन् । प्रदेशभरिका प्रहरी कार्यालयका थुनुवा कक्षमा विभिन्न अपराधमा हाल रहेका दुई सय ६७ थुनुवामध्ये एक सय ३७ जना लागुऔषधसम्बन्धी मुद्दाका छन् । उनीहरुमाथि थप अनुशन्धान गरी मुद्दा चलाउने प्रक्रिया चलिरहेको छ ।
'यो उमेर समूहका युवायुवतीको दिनचर्याको निरन्तर निगरानी गर्नमा अभिभावक, प्रहरी निकाय, शिक्षक सबैले गम्भीर हुनुपर्ने देखिएको छ, यसबाहेक लागुऔषधको उत्पादन हुने स्थल, सञ्चित गर्ने ठाउँ, आपूर्ति गरिने क्षेत्रलाई ‘डिस्ट्रवाइ’ गर्न अति आवश्यक छ', प्रहरी उपरीक्षक चौधरीले भने ।

कुलतमा लागेकाले समूहगतरूपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी टिपेक्स सुँघ्ने, गाँजा, चरेश, ब्राउन सुगर, ट्याब्लेटजस्ता कडा खालको लागुऔषध सेवन गरिरहेको बताइएको छ ।

यस्ता लागुऔषधले धित नमर्ने अवस्था भएमा कुलतमा फसेका कतिपय युवाले सुईको माध्यमवाट टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता कडा खालको लागुऔषध प्रयोग गर्ने गरेको पाइन्छ । यस्तो लतमा सबै वर्ग समुदायका युवायुवती लागेको भेटिन्छ । कतिपयले समाजमा बदनाम हुने डरले आफ्ना छोराछोरीको यस्तो आनीबानी लुकाउने गरेका छन् । 

यो समस्या समाधानको प्रयासस्वरुप प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकासँग समन्वयमा उपमहानगर क्षेत्रको फूलबारीमा दुई सय जना अट्ने क्षमताको सुधार केन्द्र स्थापनाको पहल थालेको छ । कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमितरुपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending