बागलुङ । तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो ।
यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण भए पनि बजारको सडक भने सुधार हुन सकेको थिएन ।
बर्खामा बजारभित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्षदेखि अन्त्य भएको छ । यही वर्ष बजार क्षेत्रको सबै सडक कालोपत्र र ढलान सम्पन्न भइसकेको जैमिनी नगरपालिकाले जानकारी दिएको छ ।
कुश्मिसेरा बजारमा तीन वर्षदेखि थालिएको सडक ढलान र कालोपत्र सकिएपछि बजारको मुहार फेरिएको स्थानीय पुनेन्द्र सापकोटाले बताए । “चार वर्षअघिसम्म सडकमा नालीसमेत थिएन, बजार मात्रै भएर के गर्ने रु बर्खामा सडकबाटै सिँचाइका लागि कुलो लैजानु पर्दथ्यो”, उनले भने, “पछिल्लो तीन वर्षयता कुस्मिसेरा बजार परिवर्तन भएको छ, अहिले एकातर्फ सडकको नाली र अर्कोतर्फ सिँचाइको लागि प्रयोग गर्ने नाली बनाइएको छ । कालोपत्र र ढलानले सडकका खल्डाखुल्डी सबै पुरिएका छन् ।”
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण व्यवसायी तथा यात्रुलाई सास्ती भएकामा अब भने सहज हुने सापकोटाको भनाइ थियो । अहिले कुस्मिसेराका भिरालो स्थानमा ढलान र समथर सडकमा कालोपत्र गर्दा यात्रुलाई सहज हुनुका साथै शौन्दर्यकरण थप भएको उनले बताए ।
कुस्मिसेरा बजारमा छ सय ६० मिटर सडक कालोपत्र गरिएको र एक किमी सडक ढलान गरिएको नगरपालिकाका इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए । “पालिकाको केन्द्र सुधार हुन आवश्यक थियो । अहिले मुख्य सडकमा कालोपत्र र ढलान भएको छ, केही शाखा सडक बाँकी छन्”, उनले भने, “कालोपत्रभन्दा ढलान सडक धेरै खर्चिलो र पक्का हुने भएकाले ढलान सडक लामो समयसम्म टिक्ने अपेक्षा छ ।”
इञ्जिनियर सापकोटाका अनुसार रू एक करोड ९७ लाखमा कुस्मिसेरा बजारको सडक पक्की बनाइएको हो । जसमध्ये चालु आर्थिक वर्षमा पाँच सय मिटर सडक ढलान र एक सय ३० मिटर सडक कालोपत्र गरिएको छ ।
कुस्मिसेरा बजारको सबै सडक कालोपत्र र ढलान गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । “कुस्मिसेरा बजारको मुख्य क्षेत्रमा कालोपत्र तथा ढलान सम्पन्न भएको छ । यसले बजार क्षेत्रको शौन्दर्यकरण गरेको छ”, उनले भने ।
सहरी विकास मन्त्रालयबाट गत वर्ष रू ४५ लाख र चालु आर्थिक वर्षमा रू ९७ लाख बजेट विनियोजना भएको जनाउँदै उनले नगरपालिकाको तिरन्तर पहलकदमीबाट पक्की सडक निर्माण सम्पन्न भएको उपप्रमुख शर्माले बताए । उनका अनुसार बाँकी रकम नगरपालिकाले छुट्याएको थियो । “अब नगरपालिकाको ध्यान वडास्तरीय सडक सुधारमा हुनेछ”, उनले भने ।
उपप्रमुख शर्माका अनुसार बागलुङ बजारबाट कुस्मिसेरा पुग्न दुई किलोमिटर सडक मात्रै कच्ची रहेको छ । सडक कालोपत्र भएपछि एक घण्टामै बागलुङ बजारबाट कुस्मिसेरा पुग्न सकिने भएपछि स्थानीय खुसी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: