काठमाडौं। आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘बगान’ को जाँचपासका क्रममा त्यहाँ सेन्सर गर्न उपस्थित सदस्यको आँखा रसाएको निर्माता वाग्लेले बताए । उनले सामाजिक सञ्जालमार्फत आफूसमेत भावुक बनेको जानकारी दिएका छन् । 'सेन्सर गर्न उपस्थितले फिल्म मन पराए । उनीहरूको मनसम्म पुगेको फिल्मले आँखामार्फत भावना व्यक्त गर्यो । उहाँहरुको आँखामा आँसु देख्दा म पनि भावुक भएँ', निर्माता वाग्लेले भने ।
यस्तै सो खुलेसँगै आफूलाई पायक पर्ने हल र सोमा दर्शकले अग्रिम टिकेट बुकिङ्ग गर्न थालेकाछन् । पारिवारिक कथामा बनेको फिल्मको मंगलवारनै खुलेको बुकिङ्गमा दर्शकको चासो देखिएको छ । पारिवारिक कथामा निर्माण भएको फिल्मले एकल आमाको जीवन, संघर्ष, पारिवारिक र सामाजिक अपेक्षासँगै शिक्षाले जीवनमा ल्याउने परिवर्तनलाई प्रस्तुत गर्ने अभिनेता तथा डेब्यु निर्देशक सरोज खनालले बताए ।
'यो फिल्म एउटा परिवारका सम्पूर्ण सदस्यले हेर्न मिल्ने गरी बनाएका छौं । पूर्णरुपमा पारिवारिक फिल्म बनेको छ । साथै, युवापुस्ताको प्रेम कथा पनि छ', निर्देशक खनालले भन्नुभयो ।
यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।
‘मंगलवारदेखि नै काठमाडौँ र मोफसलमा समेत बुकिङ्ग खुलिरहेको छ । केहीमा खुलिसकेका छन् भने बुधवार साँझसम्ममा अधिकाँस सो खुलिसक्नेछन्’, वितरक करण श्रेष्ठले भने,’अग्रिम बुकिङ्ग मंगलवारदेखि नै खुल्नु हल संचालकले समेत फिल्म प्रति विश्वसनीयता देखाएका हुन् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...
श्रावण २९ गते, २०८३ - ०९:११
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...
श्रावण २९ गते, २०८३ - ०९:०७
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...
श्रावण २९ गते, २०८३ - ०८:५७
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...
श्रावण २९ गते, २०८३ - ०८:५१
पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...



प्रतिकृया लेख्नुहोस्: