पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठाँटी क्षेत्रमा मोदी खोलामा आएको बाढी र पहिरोले सडक, पैदलमार्ग तथा भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ।
वीरेठाँटीबाट घान्द्रुक जाने सडकको करिब एक सय मिटर भाग मोदी खोलाले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकसँगै पैदल हिँड्ने बाटोसमेत बगेकाले स्थानीय तथा यात्रुहरूलाई आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी वीरेठाँटीका अनुसार बाढीले सडक कटान गरेपछि आसपासका बस्तीसमेत जोखिममा परेका छन्। वीरेठाँटी नजिकै विजय गुरुङको घर पहिरो र नदी कटानका कारण उच्च जोखिममा परेको छ।
त्यस्तै, चिम्रुङस्थित मोदी प्राथमिक विद्यालयभन्दा तलको करिब एक सय ५० मिटर सडकखण्ड चर्किएर भासिएको छ। चिम्रुङदेखि स्याउली बजार जाने सडकको करिब एक सय ५० मिटर भाग मोदी खोलाले बगाएपछि सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी नायब निरीक्षक डिलबहादुर भण्डारीले जानकारी दिए।
स्याउली बजारबाट साँदी खोला जाने सडकको करिब दुई सय ५० मिटर भागसमेत मोदी खोलाले बगाएको छ। सडकसँगै पैदलमार्गसमेत अवरुद्ध भएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।
पहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ चिम्रुङकी माया पाइजाको घरसमेत उच्च जोखिममा परेको छ। जोखिम बढेपछि उनको चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
बाढी र पहिरोको असर सडकमा मात्रै सीमित छैन। अन्नपूर्ण गाउँपालिका–६ हाइजुङस्थित मोदी खोलामा आएको बाढीले स्थानीय माता अन्नपूर्ण मन्दिर र एउटा झोलुङ्गे पुलसमेत बगाएको छ।
बाढीका कारण मन्दिर क्षेत्रमा फसेका पुजारी निर्वाण गिरी, प्रदीप ढकाल, वीरेठाँटी माध्यमिक विद्यालयका शिक्षक रेवन्त सिंह र स्थानीय वीरमान घर्तीको उद्धार गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
लगातारको वर्षाका कारण मोदी खोलाको बहाव बढेपछि नदी आसपासका बस्ती तथा संरचनामा थप जोखिम देखिएको छ। सडक तथा पैदलमार्ग नै बगाएपछि प्रभावित क्षेत्रमा उद्धार, आवतजावत र राहत व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...
श्रावण २९ गते, २०८३ - ०९:११
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...
श्रावण २९ गते, २०८३ - ०९:०७
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...
श्रावण २९ गते, २०८३ - ०८:५७
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...
श्रावण २९ गते, २०८३ - ०८:५१
पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...



प्रतिकृया लेख्नुहोस्: