Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कञ्चनपुरमा बाघको आक्रमणबाट महिला घाइते

खबरडबली संवाददाता

कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । 

बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । 

डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।  “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए । उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग सम्पत्तिका नाममा जम्मा दुई ...

कम्बोडियाका प्रधानमन्त्री र सभामुख घिमिरेबीच भेटवार्ता

कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँ...

नौकिलो ट्रक दुर्घटना अपडेट- ३ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँ...

लालझाडीमा जंगली हात्तीको आतंक

कञ्चनपुर । जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र रा...

जम्न थाले मनाङका नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन्। यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन्। उचाइअनुसार नै यस क्षेत्रका नदी...

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।  सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला ...

प्रधानमन्त्रीलाई बाबुरामको सुझाव- प्रतिस्पर्धी शक्ति चीन र भारतसँगको भूराजनीतिक स्थितिलाई ध्यान दिनुपर्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।   चीन भ्रमणको तय...

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समि...

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाई आज छलफलमा बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री...

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy