सल्यान । प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ । श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो ।
मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ ।
करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ करोड ४२ लाखमा २०७७ असार ७ गते सम्झौता गरेका थिए । २०७७ पुस ६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि पटक पटक म्याद थप भएपछि अन्तिम पठक २०७८ चैत ३० गतेसम्म म्याद थप गरिएको थियो ।
अन्तिम पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि २०८० असार ११ गते ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयले दावी गरेको छ ।
निर्माण कम्पनीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न पटक पटक आग्रह गर्दा पनि काम नभएपछि सम्झौताको म्याद सकिएकाले ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
असार ११ गतेपछि के काम भएको छ भन्ने जानकारी नभएको उनको भनाइ छ । त्यसअघि कहाँ के कति काम भएका थिए त्यो जिम्मा आफ्नो भएको उनले बताए ।
असार ११ गते अघिसम्मको कामको मात्र मूल्यांकन हुने र सोही अनुसारको भुक्तानी पनि हुने बताउँदै उनले त्यसपछिका विषय आँफुहरुसँगको सरोकारको विषय नभएको बताए ।
यता प्राकृतिक निशान जेसीका सञ्चालक डिल्ली केसीले ठेक्का रद्द भएको नभई वार्निङ मात्र दिएको दावी गरेका छन्। ठेक्का रद्द भएको होइन, एक हप्ताभित्र काम गर्न वार्निङ दिएको र उक्त समयभित्र आफूले काम सम्पन्न गरेको दावी छ।
डिजाइनमा नाला नभएकाले कालोपत्रे उप्किएको उनको भनाइ छ। नाला कम र साँघुरो घुम्ती राखिएकाले घुम्तीमा कालोपत्रे उत्रिएको केसीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: