काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने स्थान दिएको बताए। पार्टीभित्र यसको पटकपटक प्रयोग भएको र नेता परिवर्तन समेत भएको उदाहरण रहेको विचार व्यक्त गरे।
देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो।
कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्ने र नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने नयाँ बाटो खोज्ने बताए। वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १४:२९
काठमाडौँ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मक...
आषाढ़ ५ गते, २०८३ - १४:१६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक विधेयकसम्बन्धी छलफलका क्रममा सांसदहरूले प्रस्तुत गर्ने धारणा विरोधाभासपूर्ण भएको टि...
आषाढ़ ५ गते, २०८३ - १३:५१
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित क्वाटरमा बिहीबार राति प्रहरीले प्रवेश गरेको विषयमा विवाद उ...
आषाढ़ ५ गते, २०८३ - १३:४४
काठमाडौँ। प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्...
आषाढ़ ५ गते, २०८३ - १३:३३
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर राजस्वको विवेकपूर्ण तथा आवश्यकताअनुसार उपयोग गर्ने बताएका छन्। शुक्रबार प्रतिन...
आषाढ़ ५ गते, २०८३ - १३:०६
काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको ...
आषाढ़ ५ गते, २०८३ - १२:५५
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका सकारात्मक काममा आफ्नो पार्टीको समर्थन रहने तर जनविरोधी र बेथितिपूर्ण कामको निरन्तर विरो...
आषाढ़ ५ गते, २०८३ - १२:३९
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्...
आषाढ़ ५ गते, २०८३ - १२:३०
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् । सभाको आजको बैठक...
आषाढ़ ५ गते, २०८३ - १२:२३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...



प्रतिकृया लेख्नुहोस्: