Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन् । नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताए । उनले भने, “समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्छ ।”

पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले यथास्थितिमा बसिरहेर हुँदैन । विकासको काम गर्दै व्यापार घाटा कम गर्न भाषण गरेर समस्याको समाधान हुँदैन ।” भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै सुशासन कायम गर्नुपर्नेमा उनको जोड थियो । व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । 

उनले भने, “यसमा अगाडि बढ्ने क्रममा पशुआहार निर्यातको प्रक्रिया सुरु गरेका छौँ । यो एउटा राम्रो अवसर हो ।” सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैँ तयार रहेको उनको भनाइ थियो । कृषि तथा पशुपन्छी विकासमन्त्री डा।वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताए । उनले भने, “कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ ।”

नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उनले बाँझो जमिनमा घाँस उत्पादन  गर्न सकिने बताए । नेपाली कृषिजन्य उत्पादन बढाएर निर्यातका लागि विभिन्न अवसरको खोजी गर्नुपर्ने उनको भनाइ थियो । सन् २००१ मै नेपाल र चीनबीच कृषिमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको स्मरण गर्दै उनले त्यसयताका दिनमा सहयोग आदानप्रदान हुँदै आएको बताए । यहाँ उत्पादित पशुआहारलाई चीन पठाउने विषयमा सन् २०२२ मै सम्झौता भएको उनले स्मरण गराए । चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै मन्त्री भुसालले आगामी दिनमा अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी प्रकट गरे । गुणस्तरीय उत्पादनमा जोड दिँदै उनले चिनियाँ बजार ठूलो भएकाले उत्पादन बढाउन सुझाव दिए । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि निकै राम्रो भएको उनको भनाइ छ । सो अवसरमा उद्योग सचिव मधु मरासिनीले नेपालमा ६२ प्रतिशत कृषिमा निर्भर रहेको उल्लेख गर्दै नयाँ प्रविधि भित्र्याएर उत्पादन बढाई निर्यातमा लाग्नुपर्नेमा जोड दिए । उनले यो पेसालाई व्यावसायिक बनाएर अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा चीनको सिगात्से सहरका उपप्रमुख लिउ हउ झोङले भरतपुर महानगरसँग यसअघि नै भगिनी सम्बन्ध कायम भएको जिकिर गर्दै यहाँबाट पशुआहार लैजान सुरु गरिएकामा खुसी व्यक्त गरे । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यहाँ उत्पादित पशुआहार चीनको सिगात्से पठाउन पाएकामा महानगरले गर्व गरेको बताए । आउँदा दिनमा गुणस्तरीय र ठूलो परिणाममा पशु आहार पठाउन सकिने उनको विश्वास थियो ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...

काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीरामले दिए राजीनामा

काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।  पुस लागेसँगै ह्वात्तै बढेको चि...

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending