Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पानीको निकास बन्द हुँदा कञ्चनपुरको कलुवापुर बजार डुबानमा

खबरडबली संवाददाता

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो ।

“बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भने, “नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।”

बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए । कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै छ वर्ष बित्नै लाग्दा पानीको निकासका लागि पहल नगरिएको स्थानीय बासिन्दाको गुनासो छ । “पानी निकास हुने कल्भर्ट पाइप थुनेर संरचना निर्माण गर्नेलाई कारबाही हुनसकेको छैन”, स्थानीय प्रकाशबहादुर ऐरले भने, “विकल्पका रूपमा नगरपालिकाले ढल निर्माण गरी पानी निकास गर्नुपर्दथ्यो, त्यो पनि हुनसकेको छैन ।”

नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गर्ने कार्यबाहेक बजार व्यवस्थित गर्ने कार्यमा चासो नदिएको प्रति उनले असन्तुष्टि पोखे । पहिला पानी बजार आसपासकै क्षेत्रसम्म भरिन्थ्यो, हाल वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पस्न थालेको उनले बताए । 

बजार क्षेत्रको एकमात्रै सार्वजनिक शौचालयमा कम्मरभन्दा माथि पानी रहेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय प्रयोग गर्न नपाउँदा नजिकैको वन क्षेत्रमा जानु पर्ने बाध्यता छ । बजार क्षेत्र नजिकका खोका छाप्रामा पानी भएपछि व्यापारीको सामानसमेत बिग्रिएको छ । चार दिनदेखि धेरै व्यापारीले पानीकै कारण पसल खोल्न पाएका छैनन् ।

बजार क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँंग समन्वयको कार्य भइरहेको नगरप्रमुख रणबहादुर महराले बताए । “तत्कालका लागि बजार क्षेत्रमा जम्मा भएको पानी निकासका लागि बजारको पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौँ”, उनले भने, “पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्छौँ ।”

प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय कञ्चनपुर र पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रतिनिधिसहितको टोलीले कलुवापुर बजार क्षेत्रको डुबान परेको क्षेत्रको शनिबार स्थलगत अनुगमनसमेत गरेका छन् । कलुवापुर बजार क्षेत्रमा झन्डै दुई सय बढी पसल छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending