Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

ललिता निवास प्रकरण: सारडा ग्रुप मुछिएपछि विरोधमा उद्योगी-व्यवसायी

खबरडबली संवाददाता

विराटनगर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा विराटनगरका व्यापारी घराना सारडा ग्रुप पनि मुछिएपछि विराटनगरका दुई वटा व्यापारी संघसंस्थाले बचाउमा उत्रिँदै विरोध गरेका छन् ।

सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीपकुमारविरुद्ध पक्राउ पूर्जी जारी भए सँगै व्यापारी संघसंस्थाले बचाउमा उत्रेका हुन् ।

पक्राउ पूर्जी जारीपछि भएसँगै शिवका बाबुछोरा श्रीनिवास सारडा, राधेश्याम सारडा र पवनकुमार सारडा सम्पर्कविहीन छन् । मोरङ व्यापार संघ र उद्योग परिसंघ कोशी प्रदेशले विज्ञप्ति निकालेर सरकारले गरिरहेको अनुसन्धानबाट उद्योगी व्यवसायी हतोत्साहित हुनु परिरहेको बताएका छन् । अनुसन्धानका नाममा धरपकड भइरहेको उनीहरूको आरोप रहेको छ । 

संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल र परिसंघका प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा मुलुक आर्थिक संकटमा गइरहेका बेला उद्योगी व्यवसायीमाथि त्रास सिर्जना गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आन्तरिक अर्थतन्त्र नसुध्रिएको, लगानी विस्तार हुन नसक्दा कूल गृहस्थ उत्पादन कम भएको, राजस्व सङ्कलन घटेको, मूल्यवृद्धि ७ प्रतिशतमाथि रहेको, जथाभाबी कर निर्धारणले व्यवसायी त्रसित बनिरहेको, विद्युत् बैंकजस्ता निकायको श्रृंखलाबद्ध प्रहार भोग्नुपरेको छ ।’

पक्राउ गर्ने, थुन्ने, सुनुवाइको मौका नै नदिई थुनामा राख्नेतर्फ अग्रसर भएकाले उद्योगी व्यवसायीहरू राज्य संयन्त्रप्रति थप सशंकित हुनु परेको विज्ञप्तिमा उल्लेख छ । क्षतिको कारण र मूल जरो यकिन नगरी व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने सरकारको कदम न्यायसंगत मान्न नसकिने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

विज्ञप्तिमा सरकारी जग्गा एवं सार्वजनिक सम्पत्तिलाई निजी बनाउने वा अपचलन गर्ने गराउने मुख्य जिम्मेवारलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

राज्यसँग भएको रेकर्ड र स्रेस्ताका आधारमा कारोबार गरेको तथा सरकारी निकाय साक्षी राखेर सरकारले नै प्रमाणित गरिदिएको जग्गाको कारोबारमा कैफियत देखिँदा किन्ने मान्छे कसरी दोषी हुन्छ भनेर यी दुई संगठनले प्रश्नसमेत गरेका छ्न् । सारडा परिवारभित्र कान्छो भाइ पवन संविधानसभा सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत हुन् । शिव रतन जेठो, श्री निवास माइलो र राधेश्याम साइँला भाइ हुन् ।

ललिता निवासको १ सय ४३ रोपनी जग्गा सङ्गठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरणसम्बन्धी कसुरमा अनुसन्धान केन्द्रित छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending