Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कोरियाबाट लाखाै रकम पठाउन लगाएर घर किनेपछि प्रेमिकाले गरिन बेवास्ता, प्रेमिले गुहारे प्रहरी

प्रेमकाे नाटक गरेर ५९ लाख २५ हजार झ्वाम

खबरडबली संवाददाता

तेरो पैसाले जग्गा किने पनि कानूनमा म बलियो छु कसरी लिँदो रहेछस् हेर्छु भन्ने, कहिले २० लाख रुपैयाँ दे तेरो जग्गा फिर्ता गर्छु भन्ने, कहिले बढी कुरा गरिस् भने तँलाई जबरजस्ती करणी मुद्दा हालेर फसाई दिन्छु भन्ने’ धम्की

काठमाडौं । दक्षिण कोरियामा कमाएको पैसाले प्रेमिकाले घरजग्गा किने पछि एकजना गुहार माग्दै प्रहरीकहाँ पुगेका छन् । सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका हुन् ।

प्रहरीले सुमनकी प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई भने  पक्राउ गरेको छ । एक जना अझै फरार रहेका छन् । सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए । सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो । पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्ने गरेका थिए ।

सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन् । २०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाबी छ । ललितपुरको लुभुमा जग्गा हेरेको छु, राम्रो छ भनेपछि सुमनले त्यसका लागि आवश्यक ५२ लाख रुपैयाँ जम्मा गरिदिएको बताएका छन् ।

केही रकम आफूले दक्षिण कोरियाबाट पठाएको र केही रकम नेपालमा रहेका आफन्तमार्फत जुटाइदिएको उनको भनाई छ । जग्गा खरिद गरेपछि मिनाकलाले जग्गाको श्रेस्ता र रजिस्ट्रेसनको कागज सुमनलाई म्यासेन्जरमा पठाई दिएकी पनि थिइन्। तर, मिनाकलाको नाममा जग्गा खरिद भएपछि उनले विभिन्न बहाना बनाएर आफूलाई वास्ता गर्न छाडेको सुमनको भनाई छ।

त्यसपछि मिनाकलाले विवाह नगर्ने र जग्गा पनि फिर्ता नगर्ने बताएको सुमनले दिएको जाहेरीमा उल्लेख छ । सन् २०२३ को फेब्रुअरीमा नेपाल फर्किएपछि सुमनले प्रेमिकासँग पैसा र जग्गा फिर्ता मागेका थिए । मिनाकलाले तेरो पैसाले जग्गा किने पनि कानूनमा म बलियो छु कसरी लिँदो रहेछस् हेर्छु भन्ने, कहिले २० लाख रुपैयाँ दे तेरो जग्गा फिर्ता गर्छु भन्ने, कहिले बढी कुरा गरिस् भने तँलाई जबरजस्ती करणी मुद्दा हालेर फसाई दिन्छु भन्ने’ धम्की दिने गरेको सुमनको दाबी छ।

यता पक्राउ परेकी मिनाकलाले आफूहरूबिच प्रेम सम्बन्ध भएपनि कुनै कारोबार नभएको दाबी गरेकी छन्।  सुमनले खर्चसम्म पठाए पनि उनैले पठाएको पैसाले जग्गा खरिद नगरेकाे प्रहरीमा उनले दिएको बयानमा उल्लेख छ ।  आफूले विभिन्न व्यक्तिसँग सापटी लिएर जग्गा खरिद गरेको र नेपालमा रहेका सुमनका कोही पनि आफन्तबाट नगदै पैसा लिएको भन्ने दाबी झुटो भएको उनले बयानमा उल्लेख गरेकी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending