Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आन्तरिक उडानको हवाई भाडा बढ्ने

खबरडबली संवाददाता

काठमाडौँ । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । 

“सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस सङ्घमा आवद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।  

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ ।  “इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क लाग्दैन”, प्रवक्ता बर्तौलाले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: