Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

डोलेश्वरमा श्रावणी मेलाका अवसरमा दर्शनार्थीको घुइँचो

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ ।

आज साउन १ गतेदेखि भदौ ६ गतेसम्म चल्ने मेलामा आज स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट सुरु गरिएको कलश यात्रा उक्त मन्दिरमा आएर समापन गरेपछि मेला शुभारम्भ गरिएको थियो । 

कलश यात्रासँगै आज डोलेश्वर महादेव मन्दिरको मूलद्वार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्दै नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चाले यहाँको पहिचान बढाएको बताए । उक्त द्वार निर्माणका लागि नगरपालिकाले रु ६८ व्यहोरेको थियो । 

उनले नगरपालिकामा रहेको शिवालयलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरेकोे जानकारी दिए । नगर क्षेत्र आफैँमा एक आकर्षक पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै नगरप्रमुख थापाले यहाँको शिवालयलाई समेटेर एकै दिनमा दसवटै वडाका  शिवमन्दिर घुम्न सकिने गरी मार्ग तय गरी यसलाई शिव सर्किट नामकरण गरिएको बताए ।

नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले यस क्षेत्रमा डोलेश्वरलगायत आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरजस्ता  प्रसिद्ध शिवालय रहेकाले नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासका रूपमा अगाडि बढाएको बताइन् ।

वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिनाका साथै  दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यवस्था गरिएको बताए ।  डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेला भर्न आएका दर्शनार्थीले आधा घण्टामै दर्शन गर्नेगरी व्यबस्था मिलाउन स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।

मेला अवधिभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिँदै उनले विगत वर्षमा धर्मावलम्बीबाट सङ्कलन भएको भेटी तथा चन्दाबाट मेला खर्च कटाएर करिब रु ५० लाख बचत गर्दै आइएकामा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यस वर्ष भेटी तथा चन्दा गरेर रु एक करोड २५ लाख सङ्कलन हुने अपेक्षा गरिएको बताए ।

मन्दिरमा पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चस्नान सामग्रीका लागि  रु एक हजार एक सयको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्नसक्ने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताए । 

आज दिनभरको मेलासँगै भोलि २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुबाट धार्मिक प्रवचनका साथै कलाकारबाट भजन कीर्तन गरिने भएको छ । विसं २०६६ भदौ ६ गते यस मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको दिनका अवसरमा त्यस दिन  विशेष कार्यक्रमका साथ मेला समापन गरिनेछ । 

त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकाङ्क्षा पूरा गर्ने मन्दिरका रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न दर्शनार्थीका भीड लागेको छ ।

त्यसैगरी दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दीकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायत मन्दिरमा पनि मेला लगको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending