Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एघार वर्षिय बालकको जीवन रक्षाका लागि सहयोगको याचना

खबरडबली संवाददाता

सल्यान  । जीबीएस नाम गरेको रोगबाट पिडित भएका सल्यानका एघार वर्षिय वालकको जीवन रक्षाको लागि घरपरिवारले सहयोगको याचना गरेको छ । विरलै मानिसलाई लाग्ने दुर्लभ रोग जीबीएस (गुलियन बेरी सिन्ड्रोम) का कारण छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौर निवासी विरामी वालक रुपक थापाको परिवार अहिले उपचारका लागि सहयोगको याचना गरेको हो ।

आफ्नो छोराले निकै कष्टकर जीवन विताइरहेको भन्दै रुपकका बुवा एकराज थापाले भक्कानिदै भने, ‘आठ महिना भइसक्यो । छोराले बोल्न, हिडडुल गर्न, खान सक्दैन, शरिर चल्दैन । अवस्था झन झन जटिल बन्दैछ । डाक्टरले जीबीएस रोग लागेको भनेको छ ।’

बालकको उपचारको लागि हाल सम्म ३० लाख भन्दा बढी खर्च भइसकेको भन्दै अव थप उपचारको लागि घरको आर्थिक अवस्था कमजोर भएकाले थापाको परिवारले सहयोगको याचना गरेको हो । सोमबार तुलसिपुर स्थित रिपोर्टस् क्लवमा विरामी छोरा रुपक सहित पुगेका बुवा एकराजले पत्रकारहरु मार्फत छोराको उपचारको लागि सहयोगको याचना गरेका हुन् ।

‘सुरुमा बाबुलाई ज्योरो, पखाला, वान्ताको समस्या आएपछि गाउँमै रहेको स्वास्थ्य चौकी दमाचौरमामा लगियो,’ विरामी बालकका बुवा एकराजले भने, ‘समस्या झन बढ्दै गएपछि जिल्ला अस्पताल सल्यान, राप्ती प्रादेशिक अस्पताल दांग, नेपालगञ्ज न्यूरो ट्रामा, काठमाण्डौँका कान्ती वाल अस्पताल, मेट्रो अस्पताल, तेसला डाइगोनस्टीक क्लिनिक लगाएत विभिन्न अस्पतालमा उपचार गराउँदा लाखौँ रुपैयाँ सकियो । अझै पनि छोरो निको भएको छैन ।’ 

अहिले काठमाण्डौँमा राखेर उपचार गर्न नसकिने भएपछि दांग तुलसिपुरमा फिजियोथेरापी गराइरहेको उनको भनाई छ । नियमित रुपमा दैनिक ५ घण्टा फिजियोथेरापी गर्नुपरिरहेको छ । कक्षा ६ मा अध्यनरत बालक रुपक विरामी परेदेखी पढाई अवरुद्ध छ भने दयनीय र कष्टकर अवस्थामा जीवन मरणको संघर्ष गरिरहेका छन् ।

बालकको उपचारको लागि सहयोग गर्न चाहनेहरुले मोवाईल नम्बर ९७६८२५६९१६ मा सम्पर्क गर्न सक्ने र एकराज थापाको नाममा मुक्तिनाथ विकास बैंक सल्यान शाखामा रहेको खाता नम्बर ०४२२२३०११०९८३३०००००१ मा आर्थिक सहयोग गर्न सक्ने उनको परिवारले जनाएको छ ।

उपचार पद्धती निकै महंगो भएकाले आर्थिक अभावमा बालकको उपचारमा समस्या आएको रुपकका हजुरबुवा भिम बहादुरले बताए । ‘विरामीलाई आइसियु, भेन्टीलेटरमा राखेर पनि उपचार गरियो, एकदिनमा ८० हजार रुपैयाँ सम्म खर्च भयो, अझै नातीको अवस्थामा सोचेँ अनुसार सुधार आएको छैन,’ उनले भने ।

विरामी वालकको घरपरिवारका अनुसार सुधार नभएसम्म नियमित उपचार गरिरहनुपर्ने डाक्टरहरुले भनेका छन् । गएको पुस ३ देखी सामान्य ज्वरो, पखालाका विरामी परेका रुपक एक साता पछि बोल्न नसक्ने अवस्थामा पुगेका थिए । डाक्टरले जीबीएस रोग भनेर पहिचान गरेका बालको अवस्था अहिले नाजुक छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending