कैलाली । दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् ।
जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो । तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो ।
यद्यपि पुर्नस्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ । मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुर्नस्थापना हुन नसक्दा पीडा थपिएको र दु:खले मनाउनु परेको मञ्चका अध्यक्ष सीमा चौधरीले गुनासो गरिन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैयाहरु आर्थिक, समाजिक र राजनीतिकरुपमा पछि पर्दै आएको उनको भनाइ छ । अध्यक्ष चौधरीले मुक्त कमैयाको पुर्नस्थापनामा सहयोग गर्न सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासमक्ष अनुरोध गरिन् ।
कैलालीमा नौ हजार सात सय ६२ मुक्त कमैया परिवार रहेकोमा नौ सय ५३ जनाको उचित पुर्नस्थापना हुन बाँकी रहेको उनको भनाइ छ । मुक्तकमैयाको परिचयपत्र सहित पुर्नस्थापना, जनता आवास कार्यक्रम लागू गर्न, अति आधारभूत आवश्यकता पूरा गुर्नुपर्ने, मुक्त कमैयाका बालबालिका, कमलहरि तथा युवाका लागि नि:शुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्न मञ्चले माग गरेको छ ।
अध्यक्ष चौधरीले मुक्त कमैया, कमलहरि, हलिया र हरुवा चरुवाको वस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरिनुपर्ने, मुक्त कमैयाहरूलाई व्यवसाय सञ्चालनका लागि विना धितो पाँच वर्षका लागि रु पाँच लाखसम्म ऋण उपलब्ध गराइनुपर्ने र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरिनुपर्ने माग गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: