Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मुक्त कमैया घोषणाको २३ वर्ष: सरकारी प्रतिबद्धता पूरा भएन

खबरडबली संवाददाता

कञ्चनपुर । दुई दशकअघि लामो सङ्घर्ष पश्चातमुक्तिको घोषणा हुँदा सरकारले गरेको प्रतिबद्धता पूरा नगर्दा मुक्तकमैया परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । तत्कालीन सरकारले सुरक्षित आवास, नि:शुल्क शिक्षा, स्वास्थ्यमा सहज पहुँचसँगै रोजागरीको सुनिश्चित गर्ने प्रतिबद्धता गरेको थियो । 

विगत सम्झदै मुक्तकमैया समाजका केन्द्रिय उपाध्यक्ष जगरनाथ चौधरीले भने, “सरकारले मालिकबाट लिएको सौकी बापतको ऋण मिनाहा गर्यो, सहज जीवनयापनका लागि गरेको प्रतिबद्धता सुनेर सिंहदरबारबाट बाहिरिँदा निकै उत्साह लिएर फर्केका थियौँ, मालिकको घरमा गरेको कष्ट सबै विर्षेका थियौँ त्यो बेला, दु:खका दिन अब अन्त्य भए, सहज जीवन चलाउन सकिने सपना बोकेर घर फर्केका थियौँ ।” मुक्तिको घोषणा भएको २३ वर्ष बितेपनि सरकारी प्रतिबद्धता पूरा नहुँदा निकै निराश भएको उनले उल्लेख गरे । 

“पुन: स्थापन गराएको पाँच कठ्ठा जग्गामा घर निर्माण गर्नकै लागि ठिक्क छे” उनले भने, “परिवारको भरणपोषणको कार्य गर्न मजदुरीमा जानुपर्ने अवस्था विद्यमान छ ।” “चुनावी एजेण्डामा मुक्तकमैयाका मुद्दालाई निकै प्राथमिकताका साथ उछालिन्छ” उनले भने, “चुनाव सकिएपछि सबै मुद्दा ओझेलमा पर्छन्, राजनीतिक दृढइच्छाशक्ति नहुँदा मुक्तकमैया परिवारले आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको छ ।” 

मुक्तकमैया परिवारलाई नदी तटीय क्षेत्रको बलौटे जग्गा, वन क्षेत्र नजिकै, बजार भन्दा निकै टाढा पुन: स्थापन गराउदा समस्या उत्पन्न भएको मुक्तकमैया अगुवा रामबहादुर रानाले बताए । “नदीले जग्गा कटान गर्दा धेरै परिवार भूमिहीन अवस्थामा पुगेका छन्” उनले भने, “वन क्षेत्र नजिकैको जग्गामा पुन:स्थापन गराइएका परिवार जङ्गली जनावरबाट पीडित भएका छन, बजार क्षेत्र भन्दा टाढा पुन: स्थापन गराइएका परिवार मजदुरी गर्नबाट वञ्चित छन् ।” उनका अनुसार मुक्तकमैया श्रम ऐन २०५८ र नियमावली बनाइए पनि व्यवहारमा कार्यान्वयनमा नल्याईदा मुक्त कमैया परिवार अझै पनि पुन: स्थापन हुनबाट छुटेका छन । धेरै परिवारको हातमा लालपूर्जा भए पनि जग्गा चिन्न पाएका छैनन् ।

मुक्तकमैयाका अधिकांस परिवार थारु समुदायसँग सम्बन्धित रहेका छन् । थारु समुदायसँग परम्परागत सीप छ । “सीपलाई निर्खानका लागि आधुनिक तालिमको आवश्यकता छ” मुक्तकमैंया अगुवा लाहुरे डगौराले भने, “सीपमा आधारित उद्योग सञ्चालन गरी  मुक्तकमैयालाई व्यावसायिक बनाइनुपर्छ, यो कुरा धेरै पटक उठाएका छौँ, सुनवाइ हुने गरेको छैन ।”

मुक्ति घोषणाको दुई दशक बित्दा सुरक्षित आवास, नि:शुल्क शिक्षा, स्वास्थ्योपचार, रोजगारीको सुनिश्चित हुन नसकेको बिना चौधरीले बताए । उनका अनुसार कैलालीमा नौ सय ५३ र कञ्चनपुरमा एक सय २९ गरी एक हजार ८२ मुक्तकमैया परिवार पुन:स्थापन हुनबाट छुटेका छन ।   

“भूमिसुधार कार्यालय हुँदा मुक्तकमैयाको वृत्ति विकासका लागि घुम्ती कोष सञ्चालन गरिने व्यवस्था थियो” उनी भन्छन्, “भूमिसुधार कार्यालय मालपोत कार्यालयमा गाभिएपछि कार्यक्रम आउन छाडेका छन् ।”
 
“कोषको सोधिखोजी गर्दै मालपोत कार्यालयमा पुग्दा स्थानीय तहमा कार्यक्रम गएको छ भन्छन, स्थानीय तहमा जाँदा कार्यक्रमनै नभएको जफाब दिएर फर्काउन्छन्” उहाँ भन्नुहुन्छ, “स्थानीय तहले पनि मुक्तकमैया लक्षित गरी कार्यक्रमनै सञ्चालन नगर्दा अन्यौलमा छौँ ।”  घर निर्माणका लागि १० हजार रुपैयाँबाट तत्कालीन जिल्ला वन कार्यालयबाट कटनी मुछानीका लागि कटौती गरेको रकमबापतको काठ उपलव्ध हुनुपर्ने मुक्तकमैया अगुवाको भनाइ छ । जनता आवास कार्यक्रम अन्तर्गत भूमिहीन सुकुम्वासीसँगै मुक्तकमैयालाई अनिवार्य पक्की घरको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

संवैधानिक व्यवस्था अनुसार उच्च तहसम्म गुणस्तरीय तथा अनिवार्य नि:शुल्क शिक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भए पनि मुक्तकमैयाका बालबालिकाले अझैसम्म नि:शुल्क शिक्षा पाउन नसकेको मुक्तकमैया समाज कञ्चनपुरका अध्यक्ष घाँसीराम रानाले बताए । “सरकारले मुक्तकमैयालाई बासका लागि उपलव्ध गराएको जग्गा चलभोगमा मात्रै अधिकार सीमित गरेको छ” उनले भने, “त्यस्तो जग्गाको पूर्ण प्रयोजनको अधिकार दिएको छैन, संविधानमा व्यवस्था भए अनुसारको सम्पतिको हकका आधारमा त्यस्तो जग्गामा मुक्त कमैयाको अधिकार स्थापित गरिनुपर्छ ।”

कञ्चनपुरमा विसं २०५७ को लगतमा समावेश भएका तीन हजार ४५ जना र विसं २०५९ को लगतमा समावेश भएका एक हजार चार सय ६१ गरी चार हजार ५०६ जनाले परिचयपत्र प्राप्त गरेका छन । परिचयपत्र प्राप्त गरेकामध्ये चार हजार दुई हजार ८९ले मात्रै जग्गा प्राप्त गरी पुन: स्थापन भएका छन । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending