Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विदेशबाट फर्केपछि इन्टरनेटको सहायताबाट बंगुर पाल्छन् पाल्पाका यमबहादुर

खबरडबली संवाददाता

पाल्पा । पाल्पा रामपुर नगरपालिका १० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बङ्गुरपालन व्यवसाय रोजेका हुन् । विभिन्न पेसा, व्यावसायको खोजीमा रहेका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्तत: बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उनी बताउँछन् ।

व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु’, उनी भन्छन् ।

कक्षा ७ सम्मको अध्ययन गरेका३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गरेका हुन् । अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उनी बताउँछन् ।

तीनवटा बङ्गुरबाट व्यवसाय सुरु गरेका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उनको भनाइ छ ।

सारु आफ्नै परिवारका साथमा बसेर व्यवसाय गर्न पाउँदै आनन्दको अनुभूति भएको बताउँछन् । यस व्यवसायमा उनकी श्रीमती यममाया  सारुले साथ दिँदै आएकी छिन् ।

श्रीमान्श्रीमती नै उत्साहका साथ बङ्गुरपालनमा लागेका छन् । अहिले उनको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बङ्गुर छन् ।

सारुको दिनचर्या यतिबेला बङ्गुरको रेखदेखमा बित्ने गरेको छ । घरमा उत्पादन भएका बङ्गुरका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ ।

एकवटा पाठापाठी रु पाँच हजार पाँच सयमा धमाधम बिक्री भइरहेको सारु बताउँछन् । उनले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी  बेच्छन् । यस व्यवसायबाट वार्षिक रु पाँच लाख बराबरको कमाई हुने गरेको सारुले बताउँछन् ।

‘बङ्गुर हुर्काएर ठूलो बनाएर मासुका लागि बेच्नुभन्दा साना पाठापाठी ९५० देखि ६० दिनका० बेच्दा धेरै फाइदा हुन्छ’, उनी भन्छन्, ‘पाठापाठी जन्मेपछि खरिद गर्ने ग्राहक प्रशस्त भेटिने भएकाले बिक्री गर्न धेरै सहज, बजार मूल्य राम्रो हुँदा यसबाट राम्रै आयआर्जन गर्न सकिन्छ ।

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बङ्गुरलाई व्यावसायिक रुपमा पाल्न थालेका हुन् । नगरपालिकाको सहयोगमा दुई वर्षसम्म रु ६ लाख रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उनको भनाइ छ ।

ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उनी बताउँछन् । ‘व्यवसाय गर्न लगानी गर्ने माध्यम नहुँदा समस्यामा परेको बखत रामपुर नगर सरकारले रु छ लाख रकमको दुई वर्षसम्मको ब्याज अनुदान उपलब्ध गराएपछि बङ्गुरपालन थालनी गरेको हो, हामी युवालाई यस कार्यक्रमले हौसला थपिदिएको छ’, उनी भन्छन् ।

यस व्यावसायबाट श्रीमती, तीनजना छोराछोरीको लालनपालन राम्रोसँग चलेको छ । माउ १२ वटा पुर्‍याउने लक्ष्य छ । हिजोआज सबैका घरघरमा इन्टरनेटको पहुँच छ ।

हातहातमा स्मार्ट मोबाइल फोन सबैजसोले अनिवार्यजसो प्रयोग गरिरहेका छन् । बढ्दो सूचना प्रविधिलाई अवलम्बन गर्दै नयाँ/नयाँ कुराको खोजअनुसन्धान गरेर समाजमा यमबहादुर सारुले जस्तै विभिन्न व्यवसाय, उद्यम गर्न सकिन्छ ।

इन्टरनेटलाई मनोरञ्जन, समय बिताउने माध्यममात्र नभई यसबाट अध्ययन अनुसन्धान गरी समाजमा विभिन्न व्यवसाय, पेसा, उद्यमबाट आयआर्जनको माध्यम बनाउने कार्यमा युवाको आकर्षण बढ्दैछ ।

कुनै पनि पेसा, व्यवसाय गर्न तालिम, गोष्ठी नै पर्खेर नै लिनुपर्छ छैन, इन्टरनेटबाट आवश्यक कुरा खोज अनुसन्धान गरेर व्यवसाय चलाउनु सकिँदो रहेछ भन्ने समाजमा सारुले उदाहरण प्रस्तुत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending