काठमाडाैं । चलचित्र विकास बोर्डले आर्थिक बर्ष २०८९–८० मा रिलिज भएका ५७ वटा नेपाली फिल्मको कमाई सार्वजनिक गरेको छ । विकास बोर्डले एक बर्षभरी रिलिजमा आएका नेपाली र विदेशी फिल्मको कमाई सार्वजनिक गरेको हो ।
यो आर्थिक वर्षमा रिलिज भएका ५७ वटा फिल्महरुले ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ छ । यो बर्ष २७ लाख १६ हजार २ सय १७ वटा टिकट विक्री भएको पनि विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
सर्वाधिक धेरै कमाउने नेपाली फिल्ममा ‘छक्का पन्जा ४’ छ । यो फिल्मले नेपाली बक्स अफिसमा १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ बराबरको ग्रस व्यापार गरेको छ ।
यस्तै, यही आर्थिक बर्षमा रिलिज भएको अर्को फिल्म ‘जारी’ले १७ करोड १७ लाख ९५ हजार १८ रुपैयाँ ५ पैसा ग्रस कलेक्शन गरेको छ । फिल्म ‘प्रेमगीत ३’ले ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रुपैयाँ २६ पैसाको ग्रस कलेक्शन गरेको छ । फिल्म ‘महापुरुष’ले ७ करोड ३८ लाख ९१ ह्जार ९ सय २० रुपैयाँ ११ पैसाको कारोबार गरेको छ । पाँचौ नम्बरमा रहेको फिल्म ‘दुई नम्बरी’ले ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० रुपैयाँ ८९ पैसाको कारोबार गरेको छ ।
यो आर्थिक बर्षमा सवैभन्दा कम कमाई गर्ने फिल्म ‘सिवानी’ हो । जसको ५ वटा मात्र टिकट विक्री भएको छ भने फिल्मले ५ सय २० रुपैयाँ कमाई गरेको छ । यो आर्थिक बर्षमा जम्मा १० वटा फिल्मले मात्र १ करोडको ग्रस कलेक्शन गरेका छन् । जसमा ‘फूलबारी, झिंगे दाउ, के घर के डेरा, प्रेम गीत ३(हिन्दी डब) र प्रकाश मात्र छन् । अन्य फिल्मको कमाई लाख र हजारमा रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: