Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

वीरगञ्जमा खानेपानीको हाहाकार, तीन घण्टाको सङ्घर्षपश्चात् पाँच लिटर पानी जोहो

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके । खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सकेका हुन् ।

‘‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ”, साह भन्छन्, ‘‘त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडक छेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घन्टाघरसम्ममा पाँच/छ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टरयो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौँ ।” 

आफ्नो पाँच जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उनी सुनाउँछन् । उनी भन्छन्, “सङ्घर्ष गरेर जोहो गरिएको पाँच/छ लिटर पानीले खाना पकाउन त सकिन्छ, तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौँ ।” 

बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआज गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज–६ का राजेश गुप्ता पानी अभावमा न नुहाएको चार दिन भइसक्यो । “घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउनै छाडिएको छ”, मिनाबजारमा पसल सञ्चालन गर्दै आएका गुप्ता भन्छन्, “घरको ट्युबवेल सुकेर पानी आउन छाडेकाले छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौँ ।” 

पर्याप्त पानी नभएकाले तीन/चार दिनदेखि नुहाउन नपाएको उनको दुखेसो छ । परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज–१४ भिस्वाका सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ । “खाना पकाउन पानी चाहिन्छ, तर ट्युबवलेमा पानी आउँदैन”, सुमित्रादेवीले भनिन्, “यस्तो अवस्थामा खाना कसरी बनाउने र भाँडाकुँडा कसरी धुन्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।” 

गर्मी मौसमको समयमा खानेपानीको समस्या बर्सेनि हुने गरे पनि अहिलेको जस्तो खानेपानीको हाहाकार कहिले नदेखिएको स्थानीय ७५ वर्षीय शङ्कर साह कलवारको भनाइ छ । यो समस्या वीरगञ्जका लडु, राजेश, समित्रा वा शङ्करको मात्र होइन वीरगञ्जका अधिकांशको समस्या हो । वीरगञ्जका अधिकांश क्षेत्रमा अहिले खानेपानीको हाहाकार भएको छ । लामो समय खडेरी परेपछि पानीका मुहान सुक्न थालेपछि चापाकललगायतका धारामा एकाएक पानी आउन छाडेको हो ।

लगातार ४० देखि ४५ डिग्रीसम्मको गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ । वीरगञ्जको छपकैया, मिनाबजार, भिस्वा, नगवा, मुर्ली, तेजारथ टोल, प्रतिमा चोक, ब्रह्म चोक, भन्सारलगायतका क्षेत्रमा स्थानीयले खानेपानीका लागि आ–आफ्नो घरमा जडान गरेको चापाकल सुक्दै गएको छ । बिहानदेखि साँझसम्म नै एकैनाशले लागेको चर्को घामका कारण चापाकलको पानी नै सुकेर पानीको समस्या भएको वीरगञ्ज–१५ भिस्वा निवासी माया लामा बताउँछिन् । मानव जीवनमा पानीविना कुनै काम नै नहुने भन्दै पानीकै अभावले अहिले प्याकप्याक हुन थालेको उनको गुनासो छ ।

अहिले टोल, संघ सस्था, विद्यालय, कलकारखानामा पानीको अभाव खड्किएको छ । लामो समयदेखिको खडेरीले पानीका मुहान सुक्न थाल्नुका साथै मोटर जल्ने तथा करेन्ट लाग्नेसमेत हुन थालेको छ । महानगर क्षेत्रभित्र खानेपानीको हाहाकार देखिएपछि महानगरपालिकाले वीरगञ्जका विभिन्न स्थानमा खानेपानीका लागि ट्याङ्करबाटै पानी वितरण गरेको छ । 
जमिनको सतह मुनिबाट पानी तानेर ट्याङ्कीमा पानी सङ्कलन गरी वडाका बासिन्दालाई ट्याङ्करबाटै पानी वितरण गर्दै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल बताउँछन् ।

“महानगरले दैनिक ट्याङ्करबाटै पानी वितरण गर्दै आएका छौँ”, उनी भन्छन्, “महानगरभित्र खानेपानीको माग धेरै छ, हामीसँग पानी वितरण गर्ने ट्याङ्कर थोरै छ, भ्याएसम्म वडावडामा ट्याङ्कर पुगेर पानी बाँड्दै आएको छ ।”   यसबाहेक खानेपानीको समस्या समाधानका लागि खानेपानी संस्थान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि समन्वय भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । 

खानेपानीको समस्यालाई दृष्टिगत गरी महानगरपालिकाले अनधिकृतरूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ । “पछिल्लो समय स्थानीयले अनधिकृतरुपमा डिपबोरिङ जडान गरिरहेको पाइएको छ”, उनी भन्छन्, “लामो समयदेखि वर्षा नभएर जमिनमुनि पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा जथाभावी डिप बोरिङ जडान गरिए अझ खानेपानीको समस्या बढ्न सक्छ, त्यसैले यस्तो नगर्न सूचना जारी गरेका छौँ ।” 

अनुमतिविना जथाभावीरूपमा डिपबोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कारबाही गरिने उनको भनाइ छ ।  नेपाल खानेपानी संस्थानका प्रमुख ई निरन महर्जनले वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजना बनाइएको बताए ।

“हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “यो सम्झौताअनुसार वडा वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता समिति गठनलगायतका प्रक्रिया सुरु गरिसकेका छौँ ।” छिट्टै त्यो कार्य गर्छौं र खानेपानी पुर्याउँछौँ”, उनले भने ।  वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनयता चापाकल सुकेर खानेपानीको समस्या भएपछि केही पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका थिए ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा०का प्रमुख सचेतकसमेत रहनुभएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थितिबारे ध्यानाकर्षण गराएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending