Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वीरगञ्जमा खानेपानीको हाहाकार, तीन घण्टाको सङ्घर्षपश्चात् पाँच लिटर पानी जोहो

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके । खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सकेका हुन् ।

‘‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ”, साह भन्छन्, ‘‘त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडक छेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घन्टाघरसम्ममा पाँच/छ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टरयो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौँ ।” 

आफ्नो पाँच जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उनी सुनाउँछन् । उनी भन्छन्, “सङ्घर्ष गरेर जोहो गरिएको पाँच/छ लिटर पानीले खाना पकाउन त सकिन्छ, तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौँ ।” 

बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआज गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज–६ का राजेश गुप्ता पानी अभावमा न नुहाएको चार दिन भइसक्यो । “घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउनै छाडिएको छ”, मिनाबजारमा पसल सञ्चालन गर्दै आएका गुप्ता भन्छन्, “घरको ट्युबवेल सुकेर पानी आउन छाडेकाले छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौँ ।” 

पर्याप्त पानी नभएकाले तीन/चार दिनदेखि नुहाउन नपाएको उनको दुखेसो छ । परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज–१४ भिस्वाका सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ । “खाना पकाउन पानी चाहिन्छ, तर ट्युबवलेमा पानी आउँदैन”, सुमित्रादेवीले भनिन्, “यस्तो अवस्थामा खाना कसरी बनाउने र भाँडाकुँडा कसरी धुन्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।” 

गर्मी मौसमको समयमा खानेपानीको समस्या बर्सेनि हुने गरे पनि अहिलेको जस्तो खानेपानीको हाहाकार कहिले नदेखिएको स्थानीय ७५ वर्षीय शङ्कर साह कलवारको भनाइ छ । यो समस्या वीरगञ्जका लडु, राजेश, समित्रा वा शङ्करको मात्र होइन वीरगञ्जका अधिकांशको समस्या हो । वीरगञ्जका अधिकांश क्षेत्रमा अहिले खानेपानीको हाहाकार भएको छ । लामो समय खडेरी परेपछि पानीका मुहान सुक्न थालेपछि चापाकललगायतका धारामा एकाएक पानी आउन छाडेको हो ।

लगातार ४० देखि ४५ डिग्रीसम्मको गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ । वीरगञ्जको छपकैया, मिनाबजार, भिस्वा, नगवा, मुर्ली, तेजारथ टोल, प्रतिमा चोक, ब्रह्म चोक, भन्सारलगायतका क्षेत्रमा स्थानीयले खानेपानीका लागि आ–आफ्नो घरमा जडान गरेको चापाकल सुक्दै गएको छ । बिहानदेखि साँझसम्म नै एकैनाशले लागेको चर्को घामका कारण चापाकलको पानी नै सुकेर पानीको समस्या भएको वीरगञ्ज–१५ भिस्वा निवासी माया लामा बताउँछिन् । मानव जीवनमा पानीविना कुनै काम नै नहुने भन्दै पानीकै अभावले अहिले प्याकप्याक हुन थालेको उनको गुनासो छ ।

अहिले टोल, संघ सस्था, विद्यालय, कलकारखानामा पानीको अभाव खड्किएको छ । लामो समयदेखिको खडेरीले पानीका मुहान सुक्न थाल्नुका साथै मोटर जल्ने तथा करेन्ट लाग्नेसमेत हुन थालेको छ । महानगर क्षेत्रभित्र खानेपानीको हाहाकार देखिएपछि महानगरपालिकाले वीरगञ्जका विभिन्न स्थानमा खानेपानीका लागि ट्याङ्करबाटै पानी वितरण गरेको छ । 
जमिनको सतह मुनिबाट पानी तानेर ट्याङ्कीमा पानी सङ्कलन गरी वडाका बासिन्दालाई ट्याङ्करबाटै पानी वितरण गर्दै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल बताउँछन् ।

“महानगरले दैनिक ट्याङ्करबाटै पानी वितरण गर्दै आएका छौँ”, उनी भन्छन्, “महानगरभित्र खानेपानीको माग धेरै छ, हामीसँग पानी वितरण गर्ने ट्याङ्कर थोरै छ, भ्याएसम्म वडावडामा ट्याङ्कर पुगेर पानी बाँड्दै आएको छ ।”   यसबाहेक खानेपानीको समस्या समाधानका लागि खानेपानी संस्थान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि समन्वय भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । 

खानेपानीको समस्यालाई दृष्टिगत गरी महानगरपालिकाले अनधिकृतरूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ । “पछिल्लो समय स्थानीयले अनधिकृतरुपमा डिपबोरिङ जडान गरिरहेको पाइएको छ”, उनी भन्छन्, “लामो समयदेखि वर्षा नभएर जमिनमुनि पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा जथाभावी डिप बोरिङ जडान गरिए अझ खानेपानीको समस्या बढ्न सक्छ, त्यसैले यस्तो नगर्न सूचना जारी गरेका छौँ ।” 

अनुमतिविना जथाभावीरूपमा डिपबोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कारबाही गरिने उनको भनाइ छ ।  नेपाल खानेपानी संस्थानका प्रमुख ई निरन महर्जनले वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजना बनाइएको बताए ।

“हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “यो सम्झौताअनुसार वडा वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता समिति गठनलगायतका प्रक्रिया सुरु गरिसकेका छौँ ।” छिट्टै त्यो कार्य गर्छौं र खानेपानी पुर्याउँछौँ”, उनले भने ।  वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनयता चापाकल सुकेर खानेपानीको समस्या भएपछि केही पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका थिए ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा०का प्रमुख सचेतकसमेत रहनुभएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थितिबारे ध्यानाकर्षण गराएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: