Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सिरहा र धनुषाका किसानलाई रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन

खबरडबली संवाददाता

धनुषा । कमला नदीमा पानीको सतह कमहुँदा सिरहा र धनुषाका किसानलाई सिँचाइ गर्न समस्या भएको छ ।  कमला नदीमा पानीको सतह घट्दा कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको कमला सिँचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन  । “ धान रोपाइँ गर्न ढिलाइ भइसक्यो, तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन”, धनुषाका किसान अमोद यादव भन्छन्, “वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिँचाइ गरेर धान रोपाइँ गर्यौँ ।” तर अहिले कमला नदीमा पानीको सतह घटेर खेतसम्म पानी पर्याप्त पुग्नै सकेको छैन, यसका कारण खेती गर्न ठूलो समस्या भएको उनको भनाइ छ ।

“पहिला–पहिला असार, साउन र भदौ महिनामा कमला नदीमा ठूलो बाढी नै आउथ्यो”, सिरहाको औरहीका किसान राघव साह भन्छन्, “हामी कमला सिँचाइको नहरबाटै सिँचाइ गरेर धान रोपाइँ गर्दथ्यौँ, तर पछिल्लो केही वर्षदेखि कमला नदीमा पानीको बहाव घट्दै गएको छ, नहरमा पनि चाहिएको जति पानी आउँदैन ।”

पानीकै आभावमा अघिल्लो वर्ष पनि हामीले खडेरीको मार खेप्यौँ, यसपालि त झन् ठूलो समस्या खेप्नुपर्ने देखिन्छ”, उनको दुःखेसो थियो ।

धानखेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन् । “एकातिर लामो समयदेखि वर्षा भएको छैन, अर्कातिर नहरमा चाहे जति पानी आएको छैन”, राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घका अध्यक्षसमेत रहेका धनुषाका किसान गजाधर यादव भन्छन्, “यस्तो अवस्थामा किसानले कसरी सिँचाइ गर्छ र धान रोपाइँ गर्छ रु यो ठूलो प्रश्न र चिन्ताको विषय बनेको छ ।” 

विश्वव्यापीरूपमा देखिएको जलवायु परिवर्तनको प्रभावका कारण इतिहासमै पहिलोपटक यस वर्ष कम वर्षा भएर नदीमा पानीको बहाव कम हुँदै गएको उनको कथन छ ।

“कमला नदीमा पानीको बहाव कम हुनु किसानका लागि असाध्यै चिन्ताको कुरा हो”, उनी भन्छन् “सिँचाइका लागि कमला नदीमा पर्याप्त पानी आवश्यक छ, वर्षैभरि कमला नदीमा पानी ल्याउन तत्काल सुनकोशी–कमला डाइभर्सनको काम तत्काल अघि बढाउनुबाहेकको विकल्प छैन ।”

सुनकोशीबाट कमला नदीमा पानी झार्न सकिए वर्षभरि कमला नदीमा पानी आउँछ, यसबाट सिरहा, धनुषा र सप्तरीमा सिँचाइ सुविधा पुग्ने उनको दाबी छ । 

अहिले कमला नदीमा पानीको सतह कम भएर सिँचाइ नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ । कमला सिँचाइ नहर प्रणालीमा कम पानी आउँदा किसानबीच पहिला म खेतमा पानी हाल्छु त पहिला म हाल्छु भन्दै झडप र कुटपिटसमेत हुन थालेपछि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले आलोपालो विधिबाट किसानको खेतमा पानी पठाउन थालेको छ ।

“पानीका विषयमा कतिपय ठाउँमा किसानबीच विवाद हुने र कुटपिटसमेत हुने गरेको पाइएकाले अहिले आलोपालो गरेर पानी पठाउन थालेका छौँ”, कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले भने, “अहिले पानीको माग धेरै छ, तर नहरमा कम पानी आइरहेको छ, यस्तो अवस्थामा आलोपालोबाट पानी नपठाउनेबाहेक हामीसँग कुनै विकल्प छैन, अहिले आलोपालो गर्दा पुछारका किसानले पनि पानी पाइरहेका छन्, नत्र पहिला मुहानका किसानले मात्र पानी पाउने र पुछारका किसानले पानी नै नपाउने अवस्था थियो ।” 

“साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ तर अहिले नदीमा पानी नै छैन”, प्रमुख यादव भन्छन्, “पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।”

नहरमा पानी कम आउँदा पनि अचेल रातदिन खटेर किसानको खेतमा पानी पुर्याइरहेको प्रमुख यादव बताउछन् । निर्माण गरिएको कमला सिँचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएको छ ।

विगतका वर्षमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरिएको प्रमुख यादवको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending