Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बर्खामा ठप्प हुन्छन् बर्सेनि करोडौं खर्चिएर स्तरोन्नति गरिएका म्याग्दीका ग्रामीण सडक

खबरडबली संवाददाता

म्याग्दी । बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।

भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुन्छन्। सडकमा खाल्डाखुल्डी हुनाका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन्। जिल्लाको देविस्थान, मुदी, मुना, ओखरबोट, दिच्याम, रुम, निस्कोटलगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध छन्।

पहिरोले सवारीसाधन सञ्चालनमा कठिनाइ भएको दरवाङ–ओखरबोट सडकमा जीप चलाउँदै आएका विकल पुनले बताए। उनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका छन्।

बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष मीम पुन बताउँछन्।

‘ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या छ,’ उनले भने, ‘अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी छ।’

धवलागिरि र मङ्गला गाउँपालिकाका अधिकांश सडक पनि अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्‍याउन समस्या भइरहेको स्थानीयले बताएका छन्।

मालिका गाउँपालिका–५ देविस्थान र ३ रुममा उत्पादन भएका आलु तथा तरकारीका साथै जंगलमा सङ्कलन गरिएका रातो च्याउ बजारमा पुर्‍याउन समस्या भएको किसान प्रेम सिउथानी मगरले बताउँछन्। 

‘मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं ५ को देवीस्थान जाने सडकमा यातायातका साधन नगुडेको डेढमहिना भयो,’ उनले भने, ‘सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका छन्।’

गाउँपालिका र नगरपालिकाबाट बजेट विनियोजन गरी निर्माण भएका अधिकांश सडक पहिराका कारण अवरुद्ध भएका दरवाङका व्यवसायी अमृत सापकोटाले बताए।

पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको उनको भनाइ छ।

उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको सापकोटाले बताए।

‘डेढदशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो। बस्ती मोटरबाटोले जोडिएका थिएनन्। सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पर्थ्यो वा पैदल हिँड्नुपर्थ्यो। भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो रमाइलो हुन्थ्यो,’ उनले भने, ‘अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ। स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ।’

धवलागिरि गाउँपालिका–१ गुर्जामा बाहेक बस्तीबस्तीमा सडक पुगेको उनको भनाइ छ।

पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका ६ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका जिल्लास्थित पूर्वाधार विकास कार्यालयको तथ्याङकमा उल्लेख छ। सडक विस्तारले ग्रामीण जनजीवनमा विकास र परिवर्तनत ल्याए पनि प्राकृतिक स्रोतको विनास पनि गरेको स्थानीय बताउँछन्।

ग्रामीण सडक स्तरोन्नति हुँदा ऐतिहासिक र पुरातात्विक सम्पदा नासिनुका साथै वर्षाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भइरहेको बेनी बजारका नैनकुमार श्रेष्ठ बताउँछन्।

‘विना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको छ,’ उनले भने।

स्थानीय तहलेक हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको श्रेष्ठ बताउँछन्।

उनका अनुसार ग्रामीण क्षेत्रका धेरैजसो सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ।

‘सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै नभई पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिएका ठाउँमा समेत अहिले सडक पुगेको छ,’ श्रेष्ठले भने, ‘सडकले गाउँका नागरिकलाई सुविधासँगै सास्ती पनि दिएको छ।’

बर्षाको समयमा सडकका कारण पनि बाढीपहिरोको जोखिम बढेको उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending