Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

दिक्तेल नगरक्षेत्रका विद्यालयमा खुला प्रतिस्पर्धाबाट मात्र प्रधानाध्यापक नियुक्त गरिने

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने गरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । 

सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। “विज्ञापन गरेर पुन: प्रधानाध्यापक नियुक्त नभएसम्म हाल कार्यरत प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने निर्णय गरिएको छ”, उनले भने, “सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी नगरपालिकाले कार्यविधि निर्माण गरेको छ । सोही कार्यविधिअनुसार सबै तहका विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।”

सङ्घीय शिक्षा ऐन र नगरपालिकाले निर्माण गरेको शिक्षा ऐनमा हरेक पाँच–पाँच वर्षमा परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान छ । नगरपालिकाले निकाल्ने विज्ञापनअनुसार योग्यता पुगेका शिक्षकलाई खुला प्रतिस्पर्धाबाट कार्यविधि र दुवै शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्त गरिने जनाइएको छ । 

शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐन कार्यान्वयन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं वडा नं १२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । “अहिलेसम्म शिक्षामा गुणस्तर ल्याउने भन्ने गफमात्र भयो । काम कोहीबाट पनि भएन । शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न ऐन तथा नियम बन्छन् । तर अहिलेसम्म कार्यान्वयनमा ल्याइएका छैनन्”, उनले भने, “आफैँले बनाएको ऐनलाई टेकेर योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापक बनाउँदा शैक्षिक क्षेत्रमा गुणस्तर सुधार आउने विश्वासका साथ हामीले यो प्रक्रिया अगाडि बढाएका हौँ ।”

क्षमतावान व्यक्तिले नेतृत्व गर्दा विद्यालयको पठनपाठनमा समेत गुणस्तर कायम हुने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको बुझाइ छ । खुला प्रतिस्पर्धाबाट ऐन एवं कार्यविधिअनुसार प्रधानाध्यापक नियुक्त गर्ने विषयले शिक्षा क्षेत्रमा हुने राजनीतिक भागबण्डा केही हदसम्म कम हुने र यसले विद्यार्थीका लागि गुणस्तीय शिक्षा प्रदानमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको अभिभावकहरूले बताएका छन् । 

विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दा योग्यता भएका शिक्षक हुनुपर्ने माग आफूहरूले यसअघिबाटै राख्दै आएको नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनकुमार दाहालले बताए । “आफूहरूको मागअनुसार नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन गर्न लाग्नु सकारात्मक काम हो । तर नयाँ प्रधानाध्यापक नियुक्त नहुँदै अहिले कार्यरत प्रधानाध्यापक हटाउनुहुँदैथ्यो”, उनले भने, “नगरले नियुक्त गर्ने प्रधानाध्यापक निष्पक्ष हुनुपर्छ । विद्यालय क्षेत्र निष्पक्ष नभएसम्म शैक्षिक सुधार सम्भव छैन ।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले यसअघि नै नगरपालिकासँग लिखितरूपमा प्रतिबद्धता जनाएका थिए । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विद्यालय व्यवस्थापन समिति अध्यक्षले १५ तथा प्रधानाध्यापकले १७  बुँदामा शैक्षिक सुधारका काम गर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । 

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९पन्ध्रवटा वडा रहेको० यस नगरपालिकामा ९१ सामुदायिक विद्यालय सञ्चालित रहेका छन् । माध्यमिक तह २१, आधारभूत ९कक्षा १–८ पढाइ हुने) १३ र कक्षा १–५ पढाइ हुने ५७  विद्यालय सञ्चालनमा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending