Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बेनी–दरवाङ सडकको फापरखेतमा सधैँ पहिरो

खबरडबली संवाददाता

म्याग्दी । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरो म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको छ । 

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । 

बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले सामान्य बर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको बताए ।

“बर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिदा आवत जावत बन्द हुन्छ,” उनले भने “फापरखेतको पहिरो बेनी–दरवाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । 

करिब १५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन् । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ । सडक देखि करिब दुई सय माथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । 

“पानी पर्दा गाडी पनि चल्दैन, पैदलयात्रा गर्न पनि ढुंगा खसिरहने भएकाले जोखिम छ,” मंगला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, “यही पहिरोका कारण कतिपय बिरामीहरु समयमा अस्पताल पुग्न सकेका छैनन् ।” 

पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेत सहित तीन वटा ठूलो पहिरो छन् । मंगला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो ५ वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गेपहिरोले पनि बेला बेलामा दु:ख दिने गरेको छ । 

पहिरोप्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा वित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताए । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि वायोइञ्जिनियरीङ सहितको छुट्टै काम गर्नुपर्छ,” उनले भने, “ठूलो पहिरो भएकाले लगानी पनि धेरैनै आवश्यक पर्छ ।” 

स्थानीयबासी जिवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले बैकल्पिक मार्ग बनाउनुपर्ने बताए । “फापरखेत देखि पखेर जोड्ने सडक पुल हालै निर्माण सकिएको छ,” उनले भने, “पखेर र पहिरो भन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर बैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।”

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । भूगर्वविद् र प्राबिधिकहरुको टोली मार्फत पहिरो नियन्त्रण अथवा बैकल्पिक सडकको अध्ययन गरेर टोलिले दिने सुझावको आधारमा समस्या समाधानको पहल गर्ने मन्त्री जुग्जालीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब–भत्ता फिर्ता गर्न त्रिविको अन्तिम चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...

टिपरको ठक्करबाट गौरादहमा एकको मृत्यु

दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending