Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मौसमी फ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढे

खबरडबली संवाददाता

हुम्ला । जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसममा आएको परिवर्तन र बर्खायाममा दूषित पानीको प्रयोगले गर्दा यस्ता खाले बिरामीको सङ्ख्या दैनिक वृद्धि भएको हो । 

चार दिनदेखि निमोनियाले थलिएकी सात वर्षे छोरीको अस्पतालमा उपचार गराई रहनुभएकी सिमकोट गाउँपालिका– ७ की धौली शाहीले अस्पतालमा बिरामी खचाखच भरिएको बताउनुभयो । उनले छोरीलाई श्वासप्रश्वासमा समस्या आउँदा उपचारका लागि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकबाट निमोनिया भएको जानकारी प्राप्त भएको बताए । 

स्वास्थ्य सेवा कार्यालयकी निमित्त कार्यालय प्रमुख एवम् वरिष्ठ अनमी सरिता बोहराले एक साता यता अस्पतालमा उपचारका लागि आउने बिरामीहरू अधिकांश मौसमी फ्लुका रहेको बताए । मौसम परिवर्तनसँगै अस्पतालमा आउने बिरामीहरू मौसम फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च रहेको हो । उनले सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक साठी सत्तरी जनासम्म बिरामी आउने गरेको भएपनि पछिल्ला केही दिनयता एक सय ५० जनाभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आउने गरेको बताए । उनले उच्च ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, वान्ता हुने र पेट दुख्ने, ज्वरो आउने, निमोनिया रोगको लक्षणसहितका बिरामी आउने गरेको बताए । 

सिजनल फ्लुबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । कतिपय बिरामीले चिकित्सकको सल्लाह बिनै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक कैलाश लामाले बताए । चिकित्सक लामाले भाइरलको सङ्क्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने फ्लुको सङ्क्रमण भएका बिरामीले आराम गर्ने, झोलिलो र पोषिलो खानेकुराहरू खाने र सङ्क्रमण बढे तुरुन्तै स्वास्थ्य स्वास्थ्य संस्थामा जान आग्रह गरे । 

यसपटक सिजनल फ्लुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ । फ्लुबाट सङ्क्रमित हुने बिरामीहरू सुरुकै अवस्थामा भए औषधि सेवनको सिफारिस गरेर घर फर्काइएको भएपनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट उपचार गर्नुपरेको छ । दैनिक २० जनासम्म भर्ना गर्नुपर्ने अवस्था आएपछि अस्पतालमा बेडको समेत समस्या हुने गरेको छ ।  जिल्ला अस्पताल १५ शय्या क्षमताको भएको कारण पनि समस्या भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending