Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

चलचित्र विकास बोर्डका अध्यक्ष केसीले सार्वजनिक गरे एकवर्षे उपलब्धि (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सोमबार एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । साउन ११ गते कार्यकालले एक वर्ष पूरा गरेका उनले  आगामी कार्ययोजनाको सूची समेत सार्वजनिक गरेका हुन् 

चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भई मन्त्रालयमा पेश भएको कुरालाई अध्यक्ष केसीले आफ्नो पहिलो वर्षको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरेका छन् ।

यस्तो छ सूची:

उपलब्धि

– चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदा तयार भई मन्त्रालय पेश भएको छ ।

राष्ट्रिय चलचित्र नीति¸ २०७१ लाई समयसापेक्ष परिमार्जन गरी राष्ट्रिय चलचित्र नीति¸ २०८० को मस्यौदा तयार भएको छ ।

मिति २०८० असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत रहेको बाहुँनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त भएको छ ।

निजी क्षेत्रको सहभागितामा संयुक्त अरब इमिरेट्स को दुबईमा नेपाली फिल्म फेस्टा कार्यक्रम सम्पन्न भएको छ ।

– नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेसनहरु छानेर वृत्तचित्र निर्माण गरी प्रचारप्रसार सुरु गरिएको छ ।

– एक सय जना नेपाली महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यका लागि विवरण संकलन भएको छ ।

– चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण तथा सामाजिक सञ्जालमा हुने अनाधिकृत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायसँग सहकार्य गरी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रणसम्बन्धी सूचनामूलक सामाग्री तयार भई चलचित्रघरहरु मार्फत प्रचारप्रसार सुरु गरिएको छ ।

– दोलखा चलचित्र नगरी निर्माण आयोजनालाई सार्वजानिक निजी साझेदारी अवधारणामा अगाडि बढाउन सार्वजनिक निजी साझेदारीको मोडालिटी तयार भएको छ ।

–  नेपाली मौलिक कथाहरु संग्रह गरी उत्कृष्ट चलचित्र निर्माणमा प्रोत्साहनका ६ वटा कथानक र ६ वटा लघु चलचित्र छनोट भएका छन् ।

–  नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट तीनवटा चलचित्रलाई पुरस्कृत गरिएको छ ।

– राष्ट्र प्रमुखबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रम आयोजनाका लागि चलचित्रहरुको मूल्यांकन कार्य सम्पन्न भई बोर्डमा नतिजा पेश भएको छ ।

– कोशी प्रदेशको इलाम, पाँचथर र ताप्लेजुङ तथा गण्डकी प्रदेशका बागलुङ¸ लमजुङ¸ गोर्खा र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चलचित्रघरहरु नभएका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

– चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई पनि आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न बाल चलचित्र निर्माणका लागि प्रशिक्षणरतालिम प्रदान गरिएको छ । चलचित्र साक्षरता अभिवृद्धि गर्न सातै प्रदेशमा बाल चलचित्र निर्माण प्रशिक्षण तालिम प्रदान गरिएको छ । दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गरिएको छ ।

– चलचित्रकर्मीहरुको दक्षता अभिवृद्दिका लागि चलचित्र पटकथा लेखन¸ चलचित्र निर्देशन तथा चलचित्र छायांकन कार्यशाला सम्पन्न गरिएको । साथै, सरोकारवाला १० वटा संघसंस्थाहरुसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा सहकार्य गरिएको छ ।

– आदिवासी, जनजाति, मैथिली, मधेशी, भोजपुरी, अवधि, थारुलगायत विभिन्न भाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न आदिवासी जनजाति मातृभाषी चलचित्र महासंघ अन्तर्गतका १५ वटा जातीय संस्थासँग सहकार्य भई कार्यक्रम सम्पन्न भएका छन् ।

– संसारकै उत्कृष्ट चलचित्र महोत्सवमध्ये एक कान्स इन्टरनेसनल फिल्म फेस्टिभलमा बोर्डको समन्वयमा अविनाशविक्रम शाह निर्देशित लघु चलचित्रहरू ‘लोरी’ र ‘भुन्टे’ प्रदर्शनीको लागि पठाइएको छ ।

– चलचित्रसम्बन्धी विषय अध्ययनका लागि विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई जनही ५० हजार र विद्यावारिधितर्फ एक जनालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

आगामी एक वर्षका कार्यक्रमहरु :

–  काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न इन्डोर चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने ।

–  नेपाल चलचित्र दिवसबारे महत्वपूर्ण निर्णय गरी पुन: कार्यान्वयनमा ल्याउने ।

–  चलचित्र विकास बोर्डको भवनमा पोष्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्ने ।

–  मौलिक चलचित्रको प्रवर्द्धनका लागि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, घटना, पात्र, सामाजिक जागरण एवं कलात्मक चलचित्र निर्माण र विश्वव्यापी प्रदर्शनमा अघि बढ्ने । साथै, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा सामाजिक जागरणका तीनवटा लघु चलचित्र निर्माण गरी लक्षित समुदायमा प्रदर्शन गर्ने ।

–  मोफसलमा निर्माण हुने मौलिक एवं सन्देशमूलक तीनवटा चलचित्र ९प्रदेशगत रुपमा० छनोट गरी पोष्ट प्रोडक्सन तथा प्रदर्शनमा प्रोत्साहन अनुदान दिने ।

–  राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मानलाई थप परिस्कृत र समयसापेक्ष बनाउने ।

– नेपाली चलचित्रको प्रवर्द्धन गर्न सार्वजनिक(निजी क्षेत्रको सहकार्यमा नेपाली बाहुल्यता रहेको कुनै एक देशमा नेपाल सिनेमा मिट कार्यक्रम आयोजना गर्ने ।

– बोर्डबाट चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि सम्पादन, मेकअप र अभिनय लगायतका विषयमा कार्यशालाहरू आयोजना गर्ने ।

– महिला चलचित्रकर्मीहरुको सशक्तीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा महिला चलचित्रकर्मीलाई पुरस्कृत र सम्मानित गर्ने । साथै, संविधान दिवसको अवसरमा सामाजिक(शासकीय रुपान्तरणमा योगदान पुर्‍याएका चलचित्रकर्मी पहिचान गरी सम्मान एवं पुरस्कृत गर्ने ।

– नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न थप दुई प्रदेशमा रहेका उत्कृष्ट छायांकन स्थलको बारेमा प्रवर्द्धानात्मक सामग्री निर्माण गरी प्रचारप्रसार गर्ने ।

– योग्यता पुगेका चलचित्रकर्मीलाई राष्ट्रिय चलचित्रकर्मी परिचयपत्र वितरण गर्ने तथा परिचयपत्र प्राप्त चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

– विदेशमा नियमित बक्स अफिसमार्फत स्वदेशी चलचित्र प्रदर्शन तथा चलचित्रको बजार विस्तारका लागि कार्य गर्ने चलचित्र वितरकलाई प्रदर्शन हुने नेपाली चलचित्रको सबटाइटल र इन्कोडिङका लागि आर्थिक सहयोग गर्ने । साथै, नेपालको मौलिक कला संस्कृति झल्कने विशेष चलचित्रहरुको छनोट गरी पुरस्कृत गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको लागि प्रोत्साहन गर्ने, सबटाइटल तथा इन्कोडिङ गर्न आर्थिक सहयोग गर्ने ।

– चलचित्रसँग सम्बन्धित संघसंस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा फलदायी रूपमा सहकार्य गर्ने ।

– चलचित्र एक्स्पो आयोजना गर्ने ।

–  नेपालका कुनै दुई प्रदेशमा चलचित्र पर्यटन महोत्सव आयोजना गर्ने ।

– नेपाली चलचित्रसँग सम्बन्धित सामाजिक सन्देश एवं सूचनामूलक श्रव्यदृश्य सामाग्री तयार गरी प्रचार प्रसार गर्ने ।

– नेपाली चलचित्रको अन्तर्राष्ट्रियस्तरमा विकास, विस्तार, प्रवर्द्धन र बजारीकरणका लागि चलचित्रको बाहुल्यता रहेको सम्भावित कुनै दुई देश छनोट गरी अन्तर्क्रिया र बजार अध्ययन, छायांकन स्थल प्रचार प्रसार तथा चलचित्रसम्बन्धी गतिविधिको अवलोकन भ्रमण गर्ने ।

– आदिवासी, जनजाति, मातृभाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।

– स्वदेशी चलचित्रको प्रवर्द्धन विकासका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यशाला, महोत्सव, सेमिनार, एक्स्पो, अध्ययन लगायतका कार्यक्रममा बोर्ड र चलचित्रकर्मीहरुको सहभागिता गराउने ।

– चलचित्रसम्बन्धी विषय अध्ययनका लागि छात्रवृत्ति एवं शोधवृत्ति प्रदान गर्ने ।

– चलचित्रघर नभएका तर बाक्लो जनसंख्या रहेका जिल्लाहरुमा घुम्ती सिनेमा मार्फत शैक्षिक संस्थाहरुमा समेत गरी चलचित्रकर्मीहरुको सहभागितामा सिनेमा साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउने ।

–  मौलिक चलचित्र निर्माणमा प्रोत्साहनका लागि सञ्चालित स्टोरी बैंकलाई अझै प्रभावकारी बनाउने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending